News Griha :: न्यूजगृह
दुर्गा प्रसाईँलाई ३* दिन थुनामा राख्न अदालतले दियो अनुमति 

काठमाडौं— साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न तीन* दिनको म्याद दिएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार प्रसाईंलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो। तर अदालतले तीन दिनको अनुमति दिएको हो।

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। उनीविरुद्ध साइबर अपराधको कसूर गरेको भन्दै ब्युरोमा उजुरी परेको थियो। असोज २ गते उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

प्रसाईं पक्राउ परेपछि उनका समर्थकले नाराबाजी गरेका थिए। त्यसक्रममा प्रसाईंका केही समर्थकलाई पनि पक्राउ गरिएको छ।

*यसअघि दुर्गा प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले दिएको म्याद भूलबस फरक पर्न गएकोले सच्याइएको छ–सम्पादक।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १८:५२
Weather Update