News Griha :: न्यूजगृह
वडा सदस्यसहित पाँच जना पक्राउ

स्याङ्जा— करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको छ। 

वालिङ नगरपालिका–१३ पाठेखोलाका वडा सदस्य दीपक जिटीसहित २५ वर्षीय मनोज सहानी, ४२ वर्षीय प्रमोद सहानी, सञ्जय सहानी, बालकृष्ण सहानी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

वडा सदस्य जिटीसहित पाँच जनालाई वालिङ –१ रामवाच्छाबाट पक्राउ गरिएको हो। करेन्टको प्रयोग गरेर माछा मारिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङवाट गएको टोलीले माछा मार्न प्रयोग भएको मेसिन, माछा र गाडीसहित फेला पारेको रानाले बताए। 

पक्राउ परेका जिटीलाई पटक–पटक पक्राउ गर्दै छाडिएको समेत बुझिएको छ। अन्य चार जना रौतहट जिल्लाका वालिङमा पेन्टर काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँच जनालई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारवाही हुने रानाले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १५:०६
Weather Update