News Griha :: न्यूजगृह
बारामा जंगली हात्ती मृत फेला, करेन्ट लगाएर मारिएको आशंका

बारा— बाराको कोल्हबी नगरपालिका–२ मा जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको छ।

करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए।

हात्तीको घाटीमा तार बेरिएको छ। स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मरेको अवस्थामा फेला परेको हो।

२०८० फागुनमा सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ समेत मृत अवस्थामा फेला परेको थियो।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:२८
Weather Update