News Griha :: न्यूजगृह
प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूत उपर १० दिनभित्र उजुरी दिन सकिने

काठमाडौं— संसदीय सुनुवाइ समितिको सचिवालयले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र दुई देशका प्रस्तावित राजदूत उपर कुनै उजुरी भएमा १० दिनभित्र पेस गर्न आग्रह गरेको छ।

समितिको सचिवालयले आज एक सूचना जारी गर्दै बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकको निर्णय बमोजिम संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको उपर सार्वजनिक उजुरी आह्वान गरेको हो। 

हिजो बसेको समिति बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चार माध्यममार्फत उजुरी आह्वान गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

सो प्रस्ताव पारित भएसँगै समिति सचिवालयले आज सूचना प्रकाशित गरेको हो। 

460495001_490335607243697_8744856321828155502_n

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०८:२७
Weather Update