बसन्तपुरबाट १३ जना बालेन समर्थक पक्राउमंगलबार, असोज १, २०८१

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै मंगलबार, असोज १, २०८१ बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा मंगलबार बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ।विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ। भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई मंगलबार साँझ पोल्ने चलन रहिआएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए।

लाइसेन्सप्राप्त हतियार अब सरकारी र सार्वजनिकस्थलमा लैजान नपाइने मंगलबार, असोज १, २०८१ यात्रा इजाजतप्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ।

उपसभामुख राना किन गइन रूस? मंगलबार, असोज १, २०८१ उपसभामुख इन्दिरा राना असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेकी छन्।

हाडनाता करणी मुद्दामा कैद भुक्तान गरिरहेका २३ वर्षीय बन्दीको मृत्यु मंगलबार, असोज १, २०८१ कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ।हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दीपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन सोमबार, भदौ ३१, २०८१ गृह मन्त्रालयले नागरिकता समस्या समाधानका लागि अध्ययन समिति गठन गरेको छ। गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरिएको हो।

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान सोमबार, भदौ ३१, २०८१ अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ। सोमबार एन्फाले एक सूचना प्रकाशित गर्दै राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान गरेको हो।

नागरिक उड्डयन प्राधिकरणलाई छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा सोमबार, भदौ ३१, २०८१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव तथा नागरिक उड्डयनका क्षेत्रमा नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरि बनेको विधेयक मन्त्रिपरिषद्मा पेस भइसकेको बताएका छन्।

नदीले बगाएका १५ वर्षीय बालक अझै भेटिएनन सोमबार, भदौ ३१, २०८१ तनहुँमा मादी नदीले बगाएका एक बालक एक साता हुँदा पनि अझ फेला परेका छैनन्। प्रहरीले दिएको जानकारी अनुसार व्यास नगरपालिका–३ देउराली नगर निवासी १५ वर्षीय रोनाल्ड थापा गत सोमबारदेखि बेपत्ता भएका हुन्।

नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन सोमबार, भदौ ३१, २०८१ सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो। रातिदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०:४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

यस वर्ष विपद्बाट हुने मानवीय क्षति बढ्यो सोमबार, भदौ ३१, २०८१ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गतको जेठ २८ गतेदेखि यही भदौ तेस्रो हप्तासम्मको ९० दिनमा मनसुनजन्य घटनाबाट दुई सय २५ जनाको मृत्यु भएको पाइएको हो।

काँकडभिट्टाबाट दाङ जाँदै गरेको यात्रुबस बाराको उनासी पुलमा पल्टियो सोमबार, भदौ ३१, २०८१ काँकडभिट्टाबाट दाङको लागि जाँदै गरेको गएराती १ बजे खुलेको ना ८ ख ११६४ नम्बरको बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खसेर पल्टिँदा बसमा सवार सबै घाइते भएका थिए। घाइतेमध्ये ३४ जनाको निजगढ स्थित सामुदायिक प्रसुती गृह अस्पतालमा र बाँकीको सीटी अस्पतालमा उपचार भइरहेको छ।

एक हजार दरका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ सोमबार, भदौ ३१, २०८१ एक हजार दरका ११५ थान नक्कली नोटसहित ललितपुरबाट एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भइ हाल भक्तपुर थिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन्।