News Griha :: न्यूजगृह
दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते

बाँके— बाँकेमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

बुधबार अपरान्ह साढे ४ बजे राप्तीसोनारी गाउँपालिकाको – ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा भे १ प ३९९५ र भे १२  ४८२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक यामबहादुर बुढाका अनुसार दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका– ४ का ३७ वर्षीय रामशरण थारू  र राप्ती सोनारी– ३ का १९ वर्षीय बसन्त थारू छन्। उनीहरूको उपचारका क्रममा नेपालगञ्जस्थित नर्सिङ होममा मृत्यु भएको हो।

दुर्घटनामा परी  भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्दिया राजापुर– ४ घर भएर हाल राप्तीसोनारी– ४ धामपुरमा बस्दै आएका  ३१ वर्षीय अजय दहित गम्भीर घाइते छन्। उनको नेपालगञ्जमा उपचार जारी छ।

त्यस्त भे१२ प ४८२४ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी– ३ खैरेनीका  १६ वर्षीय सङ्गीत थारू र राप्ती सोनारी– ३  खैरेनीका २१ वर्षीय सञ्जय थारू पनि घाइते छन्। उनीहरूको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०६:५८
Weather Update