मुकुललाई रास्वपाको पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै नेतृत्वलाई पत्रबुधबार, पुस १७, २०८१

संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी बुधबार, पुस १७, २०८१ सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ ।‘पुस २५ आसपासमा अधिवेशन बोलावट हुन्छ,’ एक मन्त्रीले भने । उनका अनुसार अधिवेशन बस्दा माघ लाग्न सक्ने वा पुसकै दिनमा पनि बस्न सक्छ ।

देशभर राष्ट्रिय मेलमिलाप आवश्यक छ, कांग्रेसले अग्रसरता लिनुपर्छ: देउवा मंगलबार, पुस १६, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशैभर राष्ट्रिय मेलमिलाप आवश्यक रहेको र कांग्रेसले नै त्यसको अग्रसरता लिनुपर्ने बताएका छन्।

नेकपा एसमा आउने सम्भावना कायम छ : वामदेव गौतम सोमबार, पुस १५, २०८१ सोमबार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो। भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताए। उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको जानकारी दिए।

भीम रावलले गैरकम्युनिस्ट पार्टी बनाउने सोमबार, पुस १५, २०८१ त्यसपछि मात्रै उनले पार्टी घोषणा गर्ने उनीनिकटले बताएका छन्। उनीनिकट एकिन्द्र कुँवरले पनि वाम, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्तहरूको नयाँ पार्टी बन्ने जानकारी दिए। रावललाई गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेका थियो।

अखिल (क्रान्तिकारी)मा ३२ वर्ष उमेर हद, आगामी माघ १२ गते निर्वाचन सोमबार, पुस १५, २०८१ अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो ।

प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने- ‘म्याजिक नम्बर’ भन्दै धक्कु लगाउने दिन गए आइतबार, पुस १४, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लक्ष्य गर्दै अर्काको काँध चढेर 'म्याजिक नम्बर' देखाउनेका दिन गएको बताएका छन्।पर्साको सखुवा प्रसौनी गाउँपालिकाको एमाले कमिटीले आयोजना गरेको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको नाम नलिई उक्त टिप्पणी गरेका हुन्।

श्रीलंकाको राजदूतमा नेपालीको नाम सर्वसम्मत अनुमोदन आइतबार, पुस १४, २०८१ मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो। समितिको आइतबारको बैठकले सरकारलाई धन्यवाद दिँदै नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

कीर्तिपुरमा उम्मेदवारी नदिएकोमा रास्वपामा उठ्यो प्रश्न आइतबार, पुस १४, २०८१ कीर्तिपुरमा अन्तिम समयमा आएर रास्वपाले उम्मेदवारी दिएको थिएन। त्यहाँ जयराम कार्की प्रमुखमा एकल सिफारिस भएका थिए। उनी रास्वपाको नगर समितिको सभापति पनि हुन्। मंसिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुख र वडा नम्बर १ तथा ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए।

गिरिबन्धु, यती, ओम्नी र वाइडबडीका भ्रष्टाचार काण्ड यसै छाडिन्न : प्रचण्ड शनिबार, पुस १३, २०८१ कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधनका क्रममा सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गर्ने बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छाडिने छैन। यसका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ।’

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भने– घमण्ड नगरी विनयशील हुनोस् शनिबार, पुस १३, २०८१ त्रिभुवन विश्वविद्यालयको शनिबार काठमाडौंमा आयोजित ५०औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सु–संस्कृत र इमानदारपूर्ण बनाउन र विद्यावान् हुँ भन्ने कुनै घमण्ड नगरी विनयशील हुन पनि आग्रह गरे ।

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ : सञ्चारमन्त्री गुरुङ शनिबार, पुस १३, २०८१ माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शनिबार उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए।

कैलालीबाटै चुनाव लड्ने आरजुको उद्घोष शनिबार, पुस १३, २०८१ यसअघि धनगढी क्षेत्रबाट उम्मेदवार भएपनि निर्वाचनमा पराजित भएकी थिइन् । उनले पार्टी पंक्ति एक ढिक्का हुनुपर्नेमा जोड दिएकी छिन् । राजनीति व्यक्तिगत लाभका लागि गर्न नहुने उनको भनाइ थियो । ‘सानोसानो बच्चा जस्तो झगडा गरिरहेका छौं हामी,’ उनले भनिन्, ‘यस्तो कुरा राजनीतिक चरित्र होइन ।’