News Griha :: न्यूजगृह
सर्वेन्द्र खनालले छाडे नेकपा एमाले
सर्वेन्द्र खनालले छाडे नेकपा एमाले उनले लेखेका छन्– 'हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन। म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। '
रास्वपाको केन्द्रीय समिति बैठक आज पनि, यी विषयमा हुँदैछ छलफल
रास्वपाको केन्द्रीय समिति बैठक आज पनि, यी विषयमा हुँदैछ छलफल कार्यदलले सदस्यता विस्तार साथै पालिका तथा वडा समितिहरू निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरूलाई सहजीकरण गर्ने झाले बताए।  यो अभियान यही माघ २ गतेबाट सुरू गरी दुई महिनासम्म सञ्चालन गर्ने छलफल भएको थियो।सरकारले अध्यादेशमार्फत् ल्याइएको सहकारी सम्बन्धी विधेयकका सम्बन्धमासमेत छलफल भएको झाले जानकारी दिएका छन्।
माओवादी केन्द्रको केन्दीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
माओवादी केन्द्रको केन्दीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उgLबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । 
एमाले केन्द्रीय कमिटी बैठक आजबाट
एमाले केन्द्रीय कमिटी बैठक आजबाट सोमबारसम्म चल्ने बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनमा आधारित भएर प्रत्येक सदस्यलाई धारणा राख्न दिने तयारी एमालेले गरेको छ। बैठकमा एमालेले सरकारको समीक्षा पनि गर्नेछ। दुई दिनअघि बसेको सचिवालय बैठकले सरकारको काम अपर्याप्त रहेको निष्कर्ष निकालेको थियो।
रास्वपाको केन्द्रीय समिति बैठक सुरू
रास्वपाको केन्द्रीय समिति बैठक सुरू बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ ।
क्रियाशील सदस्यता नवीकरण चैत मसान्तभित्रै सक्न कांग्रेसको निर्देशन
क्रियाशील सदस्यता नवीकरण चैत मसान्तभित्रै सक्न कांग्रेसको निर्देशन नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका काम चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। शुक्रबार बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले कार्यतालिका बनाएरै चैतभित्र क्रियाशील सदस्यता नवीकरण सक्न मातहत निकायहरूलाई निर्देशन दिने निर्णय गरेको हो।
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेको उनको सचिवालयले जनाएको छ । करिब दुई घण्टा भएको भेटमा नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको थियो ।
माओवादी बैठकमा केन्द्रीय समितिको ‘एजेण्डा’बारे छलफल
माओवादी बैठकमा केन्द्रीय समितिको ‘एजेण्डा’बारे छलफल बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गर्दै पार्टी रुपान्तरणका लागि मदन भण्डारी लोकमार्ग र हुलाकी राजमार्ग केन्द्रित छ महिने जनजागरण अभियान सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
दल फुटाउने अध्यादेश ल्याउन खोज्दै सरकार
दल फुटाउने अध्यादेश ल्याउन खोज्दै सरकार बर्तौलाले आसन्न अधिवेशनबाट प्रहरी, नागरिक उड्डयन प्राधिकरण, निजामती, विद्यालय शिक्षालगायत संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयक पारित गर्ने सरकारको तयारी रहेको जानकारी दिए । प्रतिपक्षी दलहरूले संसद्मा सरकारको आलोचना गर्न मात्र छिटो अधिवेशन खोजिरहेको उनको भनाइ छ । ‘भाषण गर्न, सरकारको आलोचना गर्न, टिकाटिप्पणी गर्न पाइएन भनेर संसद्को अधिवेशन माग हुनु सही...
यी हुन् मन्त्रिपरिषदका २० निर्णय
यी हुन् मन्त्रिपरिषदका २० निर्णय यस्तै, सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवामा हड्ताल निषेध गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।
ओलीमाथि आरोपको ओइरो, पार्टी खोल्न हतार छैन [पूर्णपाठ]
ओलीमाथि आरोपको ओइरो, पार्टी खोल्न हतार छैन [पूर्णपाठ] रावलले बुधबार पार्टी घाषणा गरेनन् । उनले राज्यसत्तासँग असन्तुष्ट सम्पूर्ण शक्तिलाई समेटेर त्यसअघि मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ ।    
५ देशका राजदूतले लिए शपथ
५ देशका राजदूतले लिए शपथ विभिन्‍न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् ।
Weather Update