सांसद गोमा लाभको पद धरापमा ! सोमबार, मंसिर ३, २०८१
प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता सोमबार, मंसिर ३, २०८१ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिरा बिक्री वितरण र सेवन रोक्न आयोगको आग्रह सोमबार, मंसिर ३, २०८१ निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।
चुनावकै दिन मतपेटिका ढुवानी गर्न सरकारलाई निर्वाचन आयोगको आग्रह सोमबार, मंसिर ३, २०८१ सोमबार निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान भएकै दिन मतपेटिकाहरू सुरक्षित रुपमा मतगणनास्थलसम्म ढुवानी र सुरक्षा गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत् जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ।
चुनाव हुने स्थानीय तहलाई आयोगले दियो यी निर्देशन सोमबार, मंसिर ३, २०८१ सोमबार बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भार गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
पूर्वसभामुख ढुंगानाको निधनमा कांग्रेसले पार्टी कार्यालयमा झन्डा आधा झुकाउने सोमबार, मंसिर ३, २०८१ केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर ३ र ४ गते कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो।
स्थानीय तह उपनिर्वाचन: आज उम्मेदवारमाथि दाबी विरोधको उजुरी दिन सकिने सोमबार, मंसिर ३, २०८१ स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेकाहरूमाथि आज दाबी विरोधको उजुरी दिने कार्यतालिका छ। निर्वाचन आयोगले उम्मेदवारमाथि उजुरी दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेमसम्मको समय तोकेको छ।
स्थानीय तह उपनिर्वाचन: ४२ पदका लागि ४०७ जनाको मनोनयन सोमबार, मंसिर ३, २०८१ आसन्न स्थानीय तह उपनिर्वाचन अन्तर्गत विभिन्न ४२ पदका लागि ४०७ जनाको मनोनयन पत्र दर्ता भएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।
जिसस ओखलढुङ्गा प्रमुखमा कांग्रेस उम्मेदवार निर्विरोध आइतबार, मंसिर २, २०८१ मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो। कांग्रेस उम्मेदवार टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन्। यद्यपि यसको औपचारिक घोषणा गरिएको छैन।
चार देशका राजदूतले लिए शपथ आइतबार, मंसिर २, २०८१ विभिन्न चार देशका लागि नियुक्त भएका राजदूतहरुले आइतबार शपथ लिएका छन्।
पाँच दिन प्रयास गर्दा पनि प्रधानमन्त्री ओलीले पाँच मिनेट समय दिएनन्ः रास्वपा आइतबार, मंसिर २, २०८१ तसर्थ सभापति लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न उसले माग गरेको छ। भविष्यमा कानूनी प्रावधानको दुरुपयोग नहोस् भन्नका लागि विद्यमान फौजदारी कानून र संरचनागत सुधार र परिमार्जनको खाँचो औंल्याएको छ।
हुम्लामा आफ्ना उम्मेदवार अपहरण भएको रास्वपाको दाबी आइतबार, मंसिर २, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्लाको सर्केगाड गाउँपालिकामा आफ्नो उपाध्यक्ष पदका उम्मेदवारलाई अपहरण गरिएको दाबी गरेको छ। पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्ना उम्मेदवार सुजाता थापालाई उम्मेदवारी नदिन धम्क्याएको भन्दै आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन्।
कीर्तिपुरको मेयर र वडाध्यक्ष पदमा एमाले उम्मेदवारले गरे मनोनयन दर्ता आइतबार, मंसिर २, २०८१ कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्ष पदका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ। आइतबार मध्यान्ह एमालेका तर्फबाट सुरेन्द्र मानन्धरले मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्।