News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बझाङमा एमाले अग्र स्थानमै, माओवादीले कांग्रेसलाई उछिन्यो 
बझाङमा एमाले अग्र स्थानमै, माओवादीले कांग्रेसलाई उछिन्यो  बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको जारी मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन्। सुरुवातबाटै अग्रता कायम गरेका भण्डारीले हालसम्म १ हजार ५ सय ५ मत प्राप्त गरेका छन्। 
इलाम–२: खड्काले मतान्तर बढाउँदै, कसको कति मत? 
इलाम–२: खड्काले मतान्तर बढाउँदै, कसको कति मत?  इलाम क्षेत्र नं २ को उपनिर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसका डम्बर खड्काले आफ्नो मतान्तर बढाउँदै लगेका छन्। जारी मतगणनामा हालसम्म खड्काले १ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्। 
बझाङ अपडेटः एमालेका भण्डारी कांग्रेस भन्दा दोब्बर मतले अगाडी 
बझाङ अपडेटः एमालेका भण्डारी कांग्रेस भन्दा दोब्बर मतले अगाडी  बझाङ प्रदेश सभा (१) को जारी मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बताएका छन्। हालसम्म भण्डारीले १ हजार ४ सय ४ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका अभिषेक बहादुर भण्डारीले पच्छ्याइरहेका छन्। उनले ७ सय ६९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 
राष्ट्रिय सभा सदस्य शाक्यले लिइन् शपथ 
राष्ट्रिय सभा सदस्य शाक्यले लिइन् शपथ  राष्ट्रियसभा सदस्य डा. अन्जान शाक्यले पद तथा गोपनियताको शपथ लिएकी छन्।संघीय संसद् सचिवालयको कृषि तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आइतबार उनलाई राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शपथ गराएका हुन्।
बझाङ उपनिर्वाचन: २ वडाको मतगणना सम्पन्न, एमालेको अग्रता कायमै  
बझाङ उपनिर्वाचन: २ वडाको मतगणना सम्पन्न, एमालेको अग्रता कायमै   बझाङ प्रदेश सभा (१) को जारी मतगणनामा नेकपा एमालेको अग्रता कायमै रहेको छ। हालसम्म दुई वटा वडाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 
इलाम–२ उपनिर्वाचन: दुई वडाको गणना सकिँदा डम्बर अघिअघि, सुहाङ पछिपछि
इलाम–२ उपनिर्वाचन: दुई वडाको गणना सकिँदा डम्बर अघिअघि, सुहाङ पछिपछि इलाम–२ को उपनिर्वाचनका लागि भएको मतदानको परिणाम आउनेक्रम सुरु भएको छ। अहिलेसम्म दुईवटा वडाको मत परिणाम आएको छ।फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ को गणना हुँदा कांग्रेस झिनो मतान्तरले अघि लागेको छ। दुई वडामा २ हजार ८३९ मत खसेको थियो। जहाँ कांग्रेसले ८२ मतको अग्रता कायम गरेको छ। 
बझाङ अपडेटः ४ सय मत गन्दा एमालेको अग्रता 
बझाङ अपडेटः ४ सय मत गन्दा एमालेको अग्रता  बझाङ प्रदेशसभा १ मा को उपनिर्वाचनको मतगणनामा प्रारम्भमा नेकपा एमालेले अग्रता कायम गरेको छ।छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी एमालेका दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गरेका छन्।  
इलाम–२: कांग्रेसका खड्काको सुरुवाती अग्रता, कसको कति मत? 
इलाम–२: कांग्रेसका खड्काको सुरुवाती अग्रता, कसको कति मत?  इलाम–२ को जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सुरुवाती अग्रता कायम गरेका छन्। इलामको फाकफोथुम गाउँपालिकाबाट सुरु भएको मतगणना अनुसार खड्काले ६५७ मत पाएका छन्। 
मधेसको मन्त्रिपरिषद् विस्तार, कसलाई के जिम्मेवारी?
मधेसको मन्त्रिपरिषद् विस्तार, कसलाई के जिम्मेवारी? मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिमण्डल पनुर्गठन गरेकी हुन्। जसअनुसार बिना विभागीय मन्त्री बनेका माओवादीका भरत प्रसाद साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
निर्धारित समयभन्दा ढिला गरी सुरु भयो बझाङको मतगणना 
निर्धारित समयभन्दा ढिला गरी सुरु भयो बझाङको मतगणना  बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनको मतगणना सुरु भएको छ। केहीबेरअघि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आइतबार बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने तयारी निर्णय भएको थियो। तर केही ढिला गरि मतगणना सुरु भएको हो।बझाङको प्रदेश सभा (१) मा शनिबार मतदान भएको...
बझाङको मतगणना दिउँसो १ बजेबाट हुने 
बझाङको मतगणना दिउँसो १ बजेबाट हुने  बझाङ प्रदेशसभा (१) को मतगणना दिउँसो १ बजेबाट हुने भएको छ। केहीबेरअघि सकिएको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो। शनिबार सम्पन्न उपनिर्वाचनको मतपेटिका आइतबार बिहान मात्र चैनपुर आइपुगेको थियो। 
बझाङमा सर्वदलीय बैठक जारी 
बझाङमा सर्वदलीय बैठक जारी  बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक बसेको छ। केहीबेरअघिदेखि बैठक जारी रहेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए।उनका अनुसार बैठकले आचारसंहितामा तयार गर्नेछ र त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए।
Weather Update