सर्वेन्द्र खनालले छाडे नेकपा एमाले
काठमाडौं— नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको बताएका हुन् ।
उनले लेखेका छन्– 'हजुरहरू मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु, कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन। म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु।'
उनले आगामी दिनमा देश र समाजको हितका लागि आफ्नो समय व्यतीत गर्ने पनि उल्लेख गरेका छन् । खनाल औपचारिक रूपमा २०७९, असोज ६ मा उनी एमाले प्रवेश गरेका थिए ।
गत आम निर्वाचनमा काठमाडौं-६ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका उनी उपनिर्वाचनमा तनहुँबाटसमेत पराजय बेहोरेका थिए ।
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१ ०९:२१