रास्वपाको राष्ट्रिय भेला आजबाट, प्रथम अधिवेशनको मिति तय गर्नेमंगलबार, असोज १, २०८१

प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न संवैधानिक परिषद्को सिफारिस सोमबार, भदौ ३१, २०८१ सोमबार साँझ बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि राउतको नाम सिफारिस गर्ने निर्णय गरेको हो। न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्य ८ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्मा पठाएको थियो।

यी हुन् लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसद सोमबार, भदौ ३१, २०८१ सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले लगातार १० वटाभन्दा बढी बैठकमा सहभागी नभएका सांसदहरूको नामावली र कारणबारे जानकारी गराएका हुन्।

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई पठाइयो सोमबार, भदौ ३१, २०८१ समितिका सभापति सूर्य थापाले सोमबार प्रतिवेदन प्रतिनिधिसभामा पेस गरे लगत्तै सभामुख घिमिरेले सचिवालयलाई प्रतिवेदन सरकारलाई पठाउन निर्देशन दिएका हुन्।

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस सोमबार, भदौ ३१, २०८१ सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा समिति सभापति सूर्य थापाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१ पेस गरेका हुन्।

कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने सोमबार, भदौ ३१, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन्।नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीले कोलम्बिया र हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने सोमबार, भदौ ३१, २०८१ सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा कोलम्बिया र हावर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने बताएका हुन्।

सदनमा प्रधानमन्त्रीले भने— नेपालको शिर निहुरिने कुनै काम गर्दिन सोमबार, भदौ ३१, २०८१ सोमबार प्रतिनिधि सभा बैठकमा संयुक्त राष्ट्रसङ्घको महासभा बैठक र त्यहाँ हुने छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा आफूले नेपालको इज्जत तल झर्ने र नेपालको शिर निहुरिने कुनैपनि काम नगर्ने प्रतिबद्धता जनाएका हुन्।

सांसदको गुनासो: ‘हामी सांसदहरूलाई दिनभरी भेडाबाख्रा जस्तो किन राखेको?’ सोमबार, भदौ ३१, २०८१ सांसदहरूलाई दिनभरी भेडाबाख्रा जस्तो राखिने गरिएको भन्दै सदनमै सांसदले गुनासो गरेका छन्। जसपा सांसद प्रकाश अधिकारीले सोमबार संसदमा जनप्रतिनिधिको सम्मान नभएको बताएका हुन्।

समितिबाट सहकारी छानबिन प्रतिवेदन पारित, प्रतिनिधिसभामा पेस हुँदै सोमबार, भदौ ३१, २०८१ सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै तयार भएको प्रतिवेदन पारित भएको छ।

सदनमा एमाले सांसदले भने– मेटमणि चौधरीमाथि देशद्रोहको मुद्दा लगाउनुपर्छ सोमबार, भदौ ३१, २०८१ नेकपा एमाले सांसद सूर्यप्रसाद ढकालले पूर्वमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन सभामुखको ध्यानाकर्षण गराएका छन्।सोमबार संसद्मा बैठकमा बोल्दै उनले चौधरीको अभिव्यक्ति संविधानविपरीत तथा राष्ट्रघात भएकाले मुद्दा चलाउन आग्रह गरेका हुन्।

संसद् अवरोध गर्दैनौँ, जनयुद्धलाई हिंसा भनेको पनि मान्दैनौँः माओवादी सोमबार, भदौ ३१, २०८१ प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संविधानले नै सशस्त्र संघर्ष भनेर व्याख्या गरिएको जनयुद्धलाई सत्तारुढ दलका सांसदले हिंसा भन्नु कुनै पनि हिसाबले उपयुक्त नरहेको निष्कर्ष सुनाएको छ। सोमबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ माओवादी उपमहासचिवसमेत रहेका सांसद शक्ति बस्नेतले केही समयअघि एमाले सांसद योगेश भट्टराईले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त निष्कर्ष सुनाएका हुन्।

राष्ट्रपतिले गरे संसद्को चालु अधिवेशन अन्त्य सोमबार, भदौ ३१, २०८१ विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको जनाइएको छ।