News Griha :: न्यूजगृह
सदनमा एमाले सांसदले भने– मेटमणि चौधरीमाथि देशद्रोहको मुद्दा लगाउनुपर्छ
मेटमणि चौधरी। फाइल तस्बिर

काठमाडौं— नेकपा एमाले सांसद सूर्यप्रसाद ढकालले पूर्वमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन सभामुखको ध्यानाकर्षण गराएका छन्।

सोमबार संसद्मा बैठकमा बोल्दै उनले चौधरीको अभिव्यक्ति संविधानविपरीत तथा राष्ट्रघात भएकाले मुद्दा चलाउन आग्रह गरेका हुन्।

‘कालापानी नेपालको भूभाग होइन भनेर दिएका एकजना पूर्वमन्त्री तथा पार्टीका पदाधिकारीबाट कालापानी क्षेत्र नेपालको होइन भारतको दाबी पुग्छ भनेर अभिव्यक्ति दिनुभएको छ। उहाँको अभिव्यक्ति संविधानविपरीत गम्भीर राष्ट्रघात भएको छ। उहाँलाई तत्काल देशद्रोहको मुद्दा लगाउन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने। 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:०८
Weather Update