News Griha :: न्यूजगृह
सांसदको गुनासो: ‘हामी सांसदहरूलाई दिनभरी भेडाबाख्रा जस्तो किन राखेको?’ 

काठमाडौं— सांसदहरूलाई दिनभरी भेडाबाख्रा जस्तो राखिने गरिएको भन्दै सदनमै सांसदले गुनासो गरेका छन्।

जसपा  सांसद प्रकाश अधिकारीले सोमबार संसदमा जनप्रतिनिधिको सम्मान नभएको बताएका हुन्।

सांसद अधिकारीले बैठक बोलाइसकेपछि समयमै बस्नुपर्नेमा जोड दिए।

‘अहिले हामी सांसदहरूलाई बोलाइएपछि दिनभरी कुर्दाकुर्दा गरेर अन्तमा स्थगित भयो भनिन्छ। यस्तो परम्परा बारम्बार दोहोरिरहेको छ,’ उनले भने, ‘सांसदहरूलाई दिनभर भेडाबाख्रा जस्तो राखिन्छ। सांसद भनेको भेडाबाख्रा होइनन्। जनताबाट निर्वाचित जनप्रतिनिधिको सम्मान त्यही ढङ्गबाट हुनुपर्छ। संसद् बोलाइसकेपछि बस्नुपर्छ।’ 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १४:४३
Weather Update