सैनिकमञ्चमा मनाइयो संविधान दिवसबिहीबार, असोज ३, २०८१

सत्ता साझेदारको ७ पन्ने ‘साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता’, पूर्णपाठसहित बिहीबार, असोज ३, २०८१ कांग्रेस–एमालेको गठबन्धनले साझा सङ्कल्पमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको छ।

मनाईँदै संविधान दिवस, दिपावली गर्न र राष्ट्रिय झण्डा फहराउन आह्वान बिहीबार, असोज ३, २०८१ नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। आजै साँझ राष्ट्रपति पौडेलले शितलिनवासमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धारण भएको छ।

संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल बिहीबार, असोज ३, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।

मौलिक हकको अक्षरसः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड बिहीबार, असोज ३, २०८१ उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरसः कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्।

इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस्ः सभामुख घिमिरे बिहीबार, असोज ३, २०८१ सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकाङ्क्षाको प्रतिविम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय बिहीबार, असोज ३, २०८१ मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्ले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन्। ‘उहाँले सिधै सम्बन्धित मन्त्रालयमा पठाऊँ, मन्त्रालय आवश्यक कारबाही गर्छ भन्नुभयो,’ एक मन्त्रीले भने।

सरकारको साझा कार्यक्रम : अर्थतन्त्र चलायमान बनाउने, युवा साझेदारी बढाउने बुधबार, असोज २, २०८१ सत्ता गठबन्धनले अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्यूनतम प्रतिबद्धताका साझा कार्यक्रम तयार पारेको छ।बुधबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित चार सदस्यीय कार्यदलले कार्यक्रमको मस्यौदा बुझाएको छ। मस्यौदा मन्त्रिपरिषद्ले पारित गरेसँगै सार्वजनिक हुन्छ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, असोज १० देखि १६ गतेसम्म दल दर्ता बुधबार, असोज २, २०८१ आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ।

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत बुधबार, असोज २, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट दोस्रो पटक पनि विश्वासको मत पाएका छन्।

रास्वपा महाधिवेशन आगामी वैशाख अन्तिममा बुधबार, असोज २, २०८१ काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

रवि चलाख रहेछन्, छक्कै परेँ कुरा सुनेर: देउवा बुधबार, असोज २, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन्।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै बुधबार, असोज २, २०८१ कांग्रेस एमालेसहितका दलको सत्ता गठबन्धनले बुधबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।साझा कार्यक्रम तयार गर्ने मस्यौदा कार्यदलका सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगन थापाले उक्त जानकारी दिएका हुन्।