News Griha :: न्यूजगृह
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं— कांग्रेस एमालेसहितका दलको सत्ता गठबन्धनले बुधबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।

साझा कार्यक्रम तयार गर्ने मस्यौदा कार्यदलका सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगन थापाले उक्त जानकारी दिएका हुन्।

नयाँ सरकार बनेको दुई महिनापछि सरकारले गर्ने साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो।

‘आज साँझ नयाँ बनेको सरकारको न्यनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ। त्यो कार्यक्रम बनाइरहेका छौँ। त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौँ। लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहिँ लेख्ने तर संसदभित्रको काम हो। सरकारले चाहेर मात्रै हुँदैन,' शिक्षा दिवसको अवसरमा बुधबार काठमाडौंको मुलपानीमा आयोजित कार्यक्रममा उनले भने।

उनले आागमी संसद्को सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताए। शिक्षा विधेयक दसैँ तिहार लगत्तै सुरु हुने संसद्को हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको बताउनु उल्लेख गरे। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १४:५१
Weather Update