News Griha :: न्यूजगृह
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट दोस्रो पटक पनि विश्वासको मत पाएका छन्।

बुधबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १५ मत परेको हो।

कार्कीको पक्षमा एमाले नेपाली कांग्रेसलगायतले मतदान गरे भने विपक्षमा माओवादी केन्द्रलगायतले मत हाले। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १९:१४
Weather Update