News Griha :: न्यूजगृह
प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न संवैधानिक परिषद्को सिफारिस

काठमाडौं— संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको छ।

सोमबार साँझ बसेको परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि राउतको नाम सिफारिस गर्ने निर्णय गरेको हो। न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्य ८ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्‌मा पठाएको थियो।

परिषद्ले वरिष्ठताका आधार सर्वोच्चका न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको परिषद्का एक सदस्यले जानकारी दिए।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोज शर्मा, डा कुमार चुडाल र डा नहकुल सुवेदीको नाम सिफारिस गरी पठाएको थियो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी असोज १९ मा ६५ वर्षे उमेर हदका कारण अवकाश हुँदैछन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २०:५०
Weather Update