बिहीबार नयाँ रेकर्ड राखेको सुनको भाउ आज १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ किनबेच?शुक्रबार, पुस १३, २०८०
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] शुक्रबार, पुस १३, २०८० आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७७ पैसा र बिक्री दर १३३ रुपैयाँ ३७ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४७ रुपैयाँ ६७ पैसा र बिक्री दर १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।
![यी हुन् डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६१ उद्योग [नामसहित]](https://newsgriha.com/uploads/posts/520X390/Kulman-Ghising-1703762788.jpg)
यी हुन् डेडिकेटेड लाइनको बक्यौता नतिर्ने ६१ उद्योग [नामसहित] बिहीबार, पुस १२, २०८० नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोगबापतको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको जनाएको छ । प्राधिकरणका अनुसार २३९ उद्योगमध्ये १७८ उपभोक्ताले प्रिमियमसहित तिरेको र ६१ उद्योग बाँकी रहेको देखिएको हो । डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूको २०८० मंसिर मसान्तसम्म कुल...

विद्युत कटौती नै बक्यौता असुलीको अन्तिम उपाय : कुलमान बिहीबार, पुस १२, २०८० उद्योगले प्रयोग गरेका ट्रंक र डेडिकेटेड लाइनको महसुल विवादबारे प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले अन्तिम चरणमा आएर लाइन काट्न बाध्य भएको प्रष्टिकरण दिए । प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल समेतको सहमतिमा भन्दै ९ वटा उद्योगको विद्युत लाइन काटेको छ । घिसिङले महसुल असुलीका लागि प्राधिकरण पछि नहटी क्रमिक रूपले लाइन...

युवा लक्षित स्टार्टअप बिजनेशलाई प्राथमिकता दिन उद्योग मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन बिहीबार, पुस १२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरूका निम्ति स्टार्टअप बिजनेशलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा उनले उक्त निर्देशन दिएका हुन् ।
सुनको मूल्य हालसम्मकै महँगो, कतिमा भइरहेको छ किनबेच? बिहीबार, पुस १२, २०८० एकैदिन एक हजार तीन सय रुपैयाँले बढेपछि सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका नयाँ तीन भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य?, केके छन् विशेषता? बुधबार, पुस ११, २०८० रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल सार्वजनिक भएका छन् ।बुधबार रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालि नक्साल शोरुममा त्रिवेणी ग्रुपका निर्देशक सुवास चन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमुख अभिषेक सुक्लाद्वारा तीन नयाँ मोटरसाइकल सार्वजनिक गरिको हो ।

बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौँ : अर्थमन्त्री महत मंगलबार, पुस १०, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार सौराहामा उद्घाटन गर्दै उनले आवश्यक बजेट मन्त्रालयले माग गर्ने व्यवस्था भइरहेको भन्दै आन्तरिक बजेटमा अनुशासनहीनता घट्ने बताए ।

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री मंगलबार, पुस १०, २०८० ‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ,’ महतले भने, ‘यहाँ अब केही गर्न हुँदैन भन्ने प्रचार भयो, तर वास्तवमा त्यस्तो होइन, तथ्याङ्कले देखाएको छ ।’ लगानीको वातावरण बिथोल्न खोजिएको भए पनि यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले बताए...
![यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर [सूचीसहित] मंगलबार, पुस १०, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ ।

५ महिनामा १२ सय किलो सुन आयात आइतबार, पुस ८, २०८० चालु आर्थिक वर्षको ५ महिनामा नेपालमा ९ अर्ब ९७ करोड रुपैयाँ बराबरको एक हजार २ सय एक किलो सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मङ्सिरसम्मको आयात तथ्याङ्कअनुसार यस वर्षको सुनको वैधानिक आयात गत वर्षको यसै अवधिको तुलनामा घटेको छ ।
बढ्यो सुनको मूल्य आइतबार, पुस ८, २०८० छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
![यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित] आइतबार, पुस ८, २०८० यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसा रहेको छ। यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको छ ।