यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]बुधबार, जेठ २, २०८१
‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गरिने मंगलबार, जेठ १, २०८१ मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महिलालाई आर्थिक रूपमा सक्षम र सशक्त बनाउन‘ प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ लागू गर्ने घोषणा गरेका हुन्।
अब शिक्षकले मासिक रुपमा तलब पाउने मंगलबार, जेठ १, २०८१ चार/चार महिनामा तलब पाउने शिक्षकले आगामी आर्थिक वर्षदेखि मासिक पाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रूपमा सरकारले तलब दिने बताएका हुन्।
१ हजार युवालाई ‘स्टार्टअप’ का लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराइने मंगलबार, जेठ १, २०८१ सरकारले आगामी आर्थिक वर्षमा युवालाई केन्द्रमा राखेर योजना बनाएको छ। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा १ हजार युवालाई स्टार्टअपका लागि सहुलीयतपूर्ण ऋण उपलब्ध गराउने भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा जानकारी दिएका हुन्।
सहकारी समस्या समाधानदेखि लगानीको वातावरण निर्माणसम्म यस्तो छ सरकारको योजना मंगलबार, जेठ १, २०८१ सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गरिएको सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रममा बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल...
१० महिनाको अवधिमा ६० प्रतिशत बजेट खर्च मंगलबार, जेठ १, २०८१ चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ।महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत मात्र बजेट खर्च मंगलबार, जेठ १, २०८१ सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ।चालु आव २०८०/८१ को साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत अर्थात् १० अर्ब ६४ करोड ६३ लाख खर्च गरेको हो।
दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब बढीको कारोबार सोमबार, वैशाख ३१, २०८१ साताको दोस्रो दिन आज शेयर बजार परिसूचकसँगै कारोबार बढेको छ। परिसूचक २४.३९ अंकले बढ्दै १९९८.८९ बिन्दुमा पुगेको छ।९५ लाख ४१ हजार १७ कित्ता शेयर ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँमा किनबेच भएको छ। शेयर बजार आइतबारका तुलनामा उत्साहजनक देखिएको छ।
सुनको मूल्यमा सामान्य गिरावट सोमबार, वैशाख ३१, २०८१ सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो [हेर्नुहोस् सूची] सोमबार, वैशाख ३१, २०८१ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ।...
शेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार आइतबार, वैशाख ३०, २०८१ साताको पहिलो दिन शेयर बजारमा सुधार देखिएको छ। परिसूचक ८.२६ अंकले बढ्दै १९७४.५० बिन्दुमा बन्द भएको छ। ७८ लाख ५७ हजार ३१ कित्ता शेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको छ।
राष्ट्र बैंकको ९ महिनाको तथ्यांकः आर्थिक सूचकहरु सकारात्मक [पूर्णपाठ] आइतबार, वैशाख ३०, २०८१ चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरु सकारात्मक देखिएका छन्। यो अवधिसम्ममा मुद्रास्फीति बाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ।
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? आइतबार, वैशाख ३०, २०८१ आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ।