बैतडीको देहिमाण्डौमा प्रभु बैंकको शाखा
काठमाडौं— प्रभु बैंक लिमिटेडले दशरथचन्द नगरपालिका–२ स्थित देहिमाण्डौमा आफ्नो ३०३औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले बुधबारदेखि उक्त शाखा कार्यालयमार्फत सेवा सञ्चालनमा ल्याएको हो।
बैंकको देहिमाण्डौ शाखामार्फत स्थानीय, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ।
हालै 'बैंक अफ द इयर २०२३' को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०३ शाखा कार्यालय, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१ २१:४५