मौद्रिक नीति समीक्षा: सवारी कर्जाको जोखिमभार घट्योशुक्रबार, जेठ ४, २०८१
हिजो नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज के भयो? शुक्रबार, जेठ ४, २०८१ बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य शुक्रबार सामान्य घटेको छ।
बागमती प्रदेशमा १० महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व उठ्यो शुक्रबार, जेठ ४, २०८१ सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा १ लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ।
यस्तो छ आज विदेशी मुद्राको खरिदबिक्री रेट [हेर्नुहोस् सूची] शुक्रबार, जेठ ४, २०८१ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राहरूको मूल्य बढेको छ।
जाजरकोट भूकम्प पीडितलाई बेलायतद्वारा २ अर्ब १८ करोडभन्दा बढीको सहयोग बिहीबार, जेठ ३, २०८१ बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ २ अर्ब १८ करोड ४० प्रदान गरेको छ।
शेयर बजारमा झिनो अंकको सुधार बिहीबार, जेठ ३, २०८१ साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक झिनो अंकले बढेको छ। बिहीबार ०.७९ अंकले बढ्दै नेप्से २०१८.७६ बिन्दुमा रह्यो । ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ।
सुनकाे मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख ४० हजार पुग्यो बिहीबार, जेठ ३, २०८१ नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबारको तुलनामा प्रतितोला छापावाला सुन १ हजार ६ सयले वृद्धि भइ प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४० हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो बिहीबार, जेठ ३, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड सहितका विदेशी मुद्राहरूको मूल्य बढेको छ।
पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो, मट्टितेल र डिजेल ५ रुपैयाँले सस्तियो बुधबार, जेठ २, २०८१ नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।इन्डियन आयल कर्पोरेसनबाट बुधबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोलमा ७ तथा डिजेल रमट्टितेल लिटरमा ५ रुपैयाँ घटाइएको हो। नयाँ मूल्य बुधबार मध्यरातदेखि लागू हुने छ। यसअघि पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल र मट्टितेल लिटरमा १५९ रुपैयाँ थियो।
घट्यो शेयर बजार बुधबार, जेठ २, २०८१ चार दिनयता बढेको शेयर बजार बुधबार घटेको छ। नेप्से परिसूचक ९.५४ अंकले घट्दै २०१७.९७ बिन्दुमा रह्यो। ८४ लाख ९० हजार ७२२ कित्ता शेयर ३ अर्ब ७० करोड ३० लाख रुपैयाँमा किनबेच भएको छ। मंगलबार नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को बिन्दुमा पुग्दा ९८ लाख ५५ हजार २८५ कित्ता शेयर...
१६औँ पञ्चवर्षीय योजनाको लक्ष्यः आर्थिक वृद्धिदर ७.३ प्रतिशत, जीडीपी २३ सय डलर बुधबार, जेठ २, २०८१ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले १६औँ आवधिक योाजनाले विद्यमान अवस्था,समस्या र चुनौतीहरुको गहिराइको साथ विश्लेषण गरेको उल्लेख गर्दै उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन्। उनले यो योजना पूर्ण कार्यन्वयन हुने दाबी गरे।
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? बुधबार, जेठ २, २०८१ बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३७ हजार ४ सय रहेको थियो। आज तोलामा १ हजारले वृद्धि भइ प्रतितोला सुन १ लाख ३८ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हरित रोजगारीका लागि कोरियाले ९८ लाख डलर दिने बुधबार, जेठ २, २०८१ कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका लागि ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ।सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।