कर्णालीको बजेट ३१ अर्ब ४१ करोड [पूर्णपाठ]
काठमाडौं— आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ।
कर्णाली प्रदेश सभाको शनिबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आगामी आर्थिक वर्ष २०८१/८२ का बजेट पेस गरेका छन्। जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत रहेको छ।
त्यस्तै, चालुतर्फ सात अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत रहेको मन्त्री केसीले बताए। वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण चार अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ।
आगामी वर्षका लागि कर्णाली सरकारले दुई अर्ब घटाएर बजेट ल्याएको हो। चालु आर्थिक वर्षको बजेट ३३ अर्बको थियो।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ १७:४४