लुम्बिनीले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट
काठमाडौं— लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ।
प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन्।
उनले कूल विनियोजन मध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगततर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छ ।
यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।
आगामी वर्षमा अनुमान गरिएको खर्च बेहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यको छ ।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ १८:०४