शेयर बजारमा हरियाली, कारोबार साढे ५ अर्ब नाघ्यो मंगलबार, जेठ २९, २०८१

नेपालमा उत्पादित कटहरकाे भारतीय बजारमा वर्चस्व मंगलबार, जेठ २९, २०८१ धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदै गएको छ। विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्रवितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन्।

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन मंगलबार, जेठ २९, २०८१ तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्णक्षमतामा विद्युत् उत्पादन हुन थालेको छ।
![अमेरिकी डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/dollor-1697506427.jpeg)
अमेरिकी डलर र दिनारको मूल्य बढ्यो, युरो र पाउन्डको घट्यो [सूचीसहित] मंगलबार, जेठ २९, २०८१ राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। विगत तीन दिनदेखि घटबढ नभएको अमेरिकी डलरको मूल्य आज बढेको हो। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा...

बढ्यो रेमिट्यान्स, १० महिनामा भित्रियो झण्डै १२ खर्ब सोमबार, जेठ २८, २०८१ चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब रेमिटेन्स (विप्रेषण) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।
-1716634526.jpg)
सम्पन्न भयो ढल्केबर–इनरुवा प्रसारण लाइन सोमबार, जेठ २८, २०८१ नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि महत्वपूर्ण मानिएको निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको छ।

शेयर बजारमा ८.९० अंकको बढोत्तरी, कति भयो कारोबार? सोमबार, जेठ २८, २०८१ साताको दोस्रो दिन शेयर बजारमा सूचक बढ्नुका साथै कारोबार रकम पनि बढेको छ। सोमबार नेप्से ८.९० अंकले बढ्दै २०८२.०९ बिन्दुमा रहँदा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ छ।
-1718002791.jpg)
मुगुमा ३१ सय मेट्रिक टन स्याउ उत्पादन सोमबार, जेठ २८, २०८१ हिमाली जिल्ला मुगुमा चालु आर्थिक वर्षमा तीन हजार एक सय १३ मेट्रिक टन स्याउ उत्पादन भएको छ। सो मध्ये १ सय ३५ मेट्रिक टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भने बाँकी मुगुमै खपत भएको छ।

आज के भयो सुनचाँदीको मूल्य? सोमबार, जेठ २८, २०८१ सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ। आइतबार प्रतितोला छापावाला सुनको मूल्य प्रतितोला मूल्य १ लाख ४१ हजार रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मह बेचेरै किसानले गरे एक करोड बढी आम्दानी सोमबार, जेठ २८, २०८१ भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ। व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा एक करोड २० लाख बढी भित्रिएको छ।

डलर र रियाल स्थिर, युरो र पाउन्डको मूल्य घट्यो सोमबार, जेठ २८, २०८१ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर आज आइतबारको तुलनामा स्थिर छ।

अन्तर्राष्ट्रिय विकास संघको बैठक असार पहिलो साता काठमाडौंमा हुने आइतबार, जेठ २७, २०८१ विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को बैठक असार पहिलो साता काठमाडौंमा हुने भएको छ। आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए–२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ।

शेयर बजारमा सामान्य गिरावट, कारोबार ५ अर्ब नाघ्यो आइतबार, जेठ २७, २०८१ साताको पहिलो दिन शेयर बजार परिसूचकमा झिनो गिरावट हुँदा पनि कारोबार रकम भने बढेको छ। नेप्से ४.५९ अंकले घट्दै २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ छ।