शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले दियो वन्यजन्तु पीडितलाई साढे २ करोड क्षतिपूर्ति शुक्रबार, असार २८, २०८१

सुनको मूल्यमा नयाँ कीर्तिमान शुक्रबार, असार २८, २०८१ आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। शुक्रबार सुनको मूल्य १८ सय रुपैयाँले बढेसँगै अहिलेसम्मको सर्वाधिक मूल्य भएको हो। आज सुन तोलाको १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो।

पाडाबाच्छी हुर्काउने किसानलाई ६० लाख अनुदान बिहीबार, असार २७, २०८१ भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडाबाच्छी हुर्काउने तीन सय २७ किसानलाई ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको छ। कार्यालयले चालु आर्थिक वर्ष २०८०–८१ मा तीन सय २७ कृषकलाई छ सय चार पाडाबाच्छी हुर्काएवापत सो रकम उपलब्ध गराएको हो।

शेयर बजारमा दोहोरो अंकको वृद्धि, ७ अर्ब बढीको कारोबार बिहीबार, असार २७, २०८१ साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा हरियाली छाएको छ। शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक २९ दशमलव २१ अंकले वृद्धि भइ बजार २ हजार २ सय ४ बिन्दुमा रोकिएको छ। नेप्सेका अनुसार आज बजार १ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो।

सुनचाँदीको मूल्य बढ्यो बिहीबार, असार २७, २०८१ बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
आईएमएफले स्वीकृत गर्यो ईसीएफको अन्तिम किस्ता, नेपालले साढे ५ अर्ब झिक्न पाउने बिहीबार, असार २७, २०८१ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई प्रदान गर्ने कुल ४९ अर्ब रूपैयाँ विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता दिन सहमति जनाएको छ।तेस्रो किस्ता अन्तर्गत आइएमइफले ४ करोड १३ लाख डलर (५ अर्ब ४५ करोड रूपैयाँ) रकम सहयोग दिने भएको हो।

काठमाडौंमा तरकारीको मूल्य छोइनसक्नु भयो, च्याउ किलोको ४२६ रुपैयाँ, अरु तरकारीको भाउ कति? बिहीबार, असार २७, २०८१ कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ११५, सुकेको प्याज ९२, गाँजर ९५, स्थानीय काउली ११५, तने बोडी १४५, घिउ सिमी २१०, करेला ११०, हरियो फर्सी ८५, रायोको साग २७६, कुरिलो २७६, ब्रोकाउली ११५, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलोमा किनबेच भइरहेको छ। यो सबै औसत मूल्य हो।
![बढ्यो सबै विदेशी मुद्राको मूल्य [हेर्नुहोस् सूची]](https://newsgriha.com/uploads/posts/520X390/euro-money1690677469.png)
बढ्यो सबै विदेशी मुद्राको मूल्य [हेर्नुहोस् सूची] बिहीबार, असार २७, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड अस्ट्रेलियन डलर, कुवेत दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। बुधबार घटेको विदेशी मुद्राको मूल्य आज बढेको हो।

विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्यो बुधबार, असार २६, २०८१ चालु आर्थिक वर्ष २०८०–८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मुद्रास्फीतिदर वाञ्छित सीमाभित्र देखिएको छ भने शोधनान्तर र चालुखाता बचतमा छन्।

दोहोरो अंकले बढ्यो नेप्से बुधबार, असार २६, २०८१ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अंकले बढेको छ। आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो।

कर्णालीमा कृषि उत्पादन घट्यो बुधबार, असार २६, २०८१ कर्णाली प्रदेशमा कृषि उत्पादन वृद्धि गर्दै किसानलाई प्रोत्साहन गर्न तीनै तहका सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन्। सङ्घ, प्रदेश र स्थानीय सरकारबाट कर्णालीको समग्र कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्नुका साथै विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालित छन्।

बागलुङका दुग्ध किसानले पाए १६ लाख अनुदान अनुदान बुधबार, असार २६, २०८१ जिल्लाका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रकम भित्र्याएका छन्। जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ।

सुनको भाउ स्थिर, चाँदीको घट्यो बुधबार, असार २६, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।