News Griha :: न्यूजगृह
शनिबार सबैजसो विदेशी मुद्राको मूल्य घट्यो [सूचीसहित]
शनिबार सबैजसो विदेशी मुद्राको मूल्य घट्यो [सूचीसहित] नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।
बजेट कार्यान्वयनका लागि योजना निर्माणमा जुट्यो अर्थ मन्त्रालय
बजेट कार्यान्वयनका लागि योजना निर्माणमा जुट्यो अर्थ मन्त्रालय अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ। अर्थमन्त्री वर्षमान पुनले आज मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायतका उच्च अधिकारी बोलाएर कार्ययोजनाबारे प्रारम्भिक छलफल गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ।
११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा
११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिना अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको आयात गर्दा एक खर्ब ३९ अर्ब...
जेठ महिनामा ४१ अर्ब १९ करोड राजश्व संकलन
जेठ महिनामा ४१ अर्ब १९ करोड राजश्व संकलन आन्तरिक राजश्व विभागको राजश्व सङ्कलनमा वृद्धि भएको छ । विभागको तथ्याङ्कअनुसार पछिल्लो केही महिनामा राजश्व सङ्कलनमा वृद्धि भएको हो ।चालु आर्थिक वर्षको जेठ महिनाको राजश्व संकलन ४१ अर्ब १९ करोड छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो । यो ११.३० प्रतिशतको वृद्धि हो । चालु आर्थिक...
२४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण
२४ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब नाँघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको छ। 
तोलामा १९ सयले बढ्यो सुन
तोलामा १९ सयले बढ्यो सुन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला १९ सयले बढेर १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 
अमेरिकी डलरको मूल्य बढ्यो, पाउन्डको घट्यो, अरु विदेशी मुद्राको के भयो?
अमेरिकी डलरको मूल्य बढ्यो, पाउन्डको घट्यो, अरु विदेशी मुद्राको के भयो? आज अमेरिकी, युरो, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढ्दा पाउन्डसहित केही विदेशी मुद्राको मूल्य भने घटेको छ। 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम बढ्यो 
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम बढ्यो  शेयर बजारमा दोहोरो अंकका गिरावटका बाबजुद बिहीबार कारोबार रकम भने बढेको छ। बजार परिसूचक १०.४४ अंकको गिरावट २०६८.३१ बिन्दुमा रह्यो। 
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन प्रतितोला ६ सयले बढेर १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । यस अघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २ सयमा कारोबार भएको थियो ।
बढ्यो डलर, युरो र पाउन्डको मूल्य 
बढ्यो डलर, युरो र पाउन्डको मूल्य  राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा रहेको छ । बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ १६ पैसा र बिक्री दर १३३ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो । 
ललितपुर महानगरको नीतिः ‘जनताको कर, जनतालाई खबर’
ललितपुर महानगरको नीतिः ‘जनताको कर, जनतालाई खबर’ ललितपुर महानगरपालिकाले ‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै कर संस्कृति सबलीकरण गर्ने नीति लिएको छ। 
पश्चिम सेती र सेती नदी–६ जलविद्युत् आयोजनाको काम अघि बढ्यो
पश्चिम सेती र सेती नदी–६ जलविद्युत् आयोजनाको काम अघि बढ्यो भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मस्यौदा लगानी बोर्डलाई बुझाएको छ।
Weather Update