News Griha :: न्यूजगृह
सैनिक कल्याणकारी कोषको रकम ७५ अर्ब ९० करोड ८८ लाख
सैनिक कल्याणकारी कोषका प्रमुख सहायक रथी किरण केसी । तस्बिरः रासस

काठमाडौं— सैनिक कल्याणकारी कोषको कुल रकम ७५ अर्ब ९० करोड ८८ लाख रुपैयाँ पुगेको छ।

नेपाली सेनका अनुसार २०८१ को असार मसान्तसम्म उक्त रकम जम्मा भएको जानकारी बिहीबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।

सैनिक मुख्यालय जंगी अड्डामा भएको पत्रकार सम्मेलनमा सेनाका अनुसार कल्याणकारी कोष अन्तरगतका विभिन्न निकायहरूमा २०८१ असारसम्म गरिएको लगानी ६ अर्ब ९७ करोड ८६ लाख (लेखापरीक्षण अगावै) लाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ८२ अर्ब ८८ करोड ७४ लाख पुग्ने भएको छ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकहरूमा शान्ति स्थापनार्थ खटिएका नेपाली सेनाका सकल दर्जाले विषम परिस्थितिमा कार्य गरेबापत राष्ट्रसङ्घबाट प्रदान गरिने भत्ता रकमबाट केही अंश कट्टा गरी कोष स्थापना गरिएको हो। उक्त कोष २०३२ मा स्थापना भएर सञ्चालित छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  २०:२३
Weather Update