News Griha :: न्यूजगृह
मौद्रिक नीति आज सार्वजनिक नहुने

काठमाडौं— शुक्रबार मौद्रिक नीति सार्वजनिक नहुने भएको छ। पुरै तयारी गरेर शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्वजनिक नगर्ने भएको हो।

केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त भएका पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि शुक्रबार सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।

यसअघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका थिए।
  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ११:०६
Weather Update