नेप्सेमा ५४ अङ्कको उच्च वृद्धि, १२ अर्बको कारोबार
काठमाडौं— नेप्सेमा उच्च वृद्धि भएको छ। बुधबार नेप्से ५४.०४ अङ्कले बढेर २ हजार ३६४.६३ अङ्कमा पुगेको हो।
आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ बराबरको कारोबार भएको छ।
आज सेन्ट्रल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिङ्गटी हाइड्रोको ९.९७, अन्खु खोला हाइड्रोको ९.९५ प्रतिशतले बढेको छ। त्यस्तै आज सिटिजन म्युचुअल फन्ड २ को शेयर मूल्य सबैभन्दा बढी ९.९० प्रतिशतले घटेको छ।
आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिङ्गटी हाइड्रोको २३ करोड ३५ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रा एण्ड डेभलपमेन्ट बैंकको २२ करोड ७१ लाखको कारोबार भएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १५:४५