News Griha :: न्यूजगृह
वायुसेवा निगमले तिर्‍यो ४३ करोड ९ लाख ऋण

काठमाडौं— नेपाल वायुसेवा निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषबाट लिएको ४३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको छ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी असार ३१ गते ४२ करोड ९ लाख ५५ हजार २२१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। 

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात निगमले गत असार सम्म  ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जनाइएको छ।

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनाल्टी छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १२:१३
Weather Update