News Griha :: न्यूजगृह
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं— बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य तोलाको ८ सयले बढेर तोलाको १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर १८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ११:२५
Weather Update