आईएमएफले स्वीकृत गर्यो ईसीएफको अन्तिम किस्ता, नेपालले साढे ५ अर्ब झिक्न पाउने
काठमाडौं— अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई प्रदान गर्ने कुल ४९ अर्ब रूपैयाँ विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता दिन सहमति जनाएको छ।
तेस्रो किस्ता अन्तर्गत आइएमइफले ४ करोड १३ लाख डलर (५ अर्ब ४५ करोड रूपैयाँ) रकम सहयोग दिने भएको हो।
मङ्गलबार बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले यस्तो निर्णय गरेको हो।
यो सहयोगसँगै नेपालले कुल ४९ अर्ब रुपैयाँमध्ये ३२ अर्ब ६९ करोड रुपैयाँ (२४ करोड ७७ लाख डलर) सहयोग प्राप्त गरेको हुनेछ।
नेपालको वित्तीय क्षेत्र सुधार र बजेटरी प्रणाली सुधारका लागि यस्तो सुविधा प्रदान गर्न लागेको हो।
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१ १०:४२