News Griha :: न्यूजगृह
सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौं— नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ। मङ्गलबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

मङ्गलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो। त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

मङ्गलबार चाँदी प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। मङ्गलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ११:४४
Weather Update