News Griha :: न्यूजगृह
शेयर बजारमा दोहोरो अंकको वृद्धि, ७ अर्ब बढीको कारोबार 

काठमाडौं— साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा हरियाली छाएको छ। 

शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक २९ दशमलव २१ अंकले वृद्धि भइ बजार २ हजार २ सय ४ बिन्दुमा रोकिएको छ। 

नेप्सेका अनुसार आज बजार १ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो। 

आज कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ। आज ७ अर्ब ८ करोड, ६ लाख ९८ हजार १ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ। 

त्यस्तै कारोबारमा आएकामध्ये १५५ कम्पनीको शेयर बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य बढ्दै ११ कम्पनीको भने स्थिर रहेको नेप्सेले जनाएको छ। 

 नेप्सेका अनुसार कूल दुई करोड दुई लाख ३७ हजार सात सय ८० कित्ता शेयर रु सात अर्ब आठ करोड छ लाख ९८ हजार एक सय ४६ मूल्यमा कारोबार भएको छ। 

बलेफी हाइड्रोपावर नौ दशमलव ९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड नौ दशमलव ९७, एनआइबिएल स्टेबल फण्ड नौ दशमलव ८३, जानकी फाइनान्स आठ दशमलव ७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले सात दशमलव ८२ प्रतिशतले कमाएका छन्। 

समाज लघुवित्त चार दशमलव ५९, साधना लघुवित्त चार दशमलव ५६, एनएमबी–५० चार दशमलव १३, सेञ्चुरी डिबेञ्चर तीन दशमलव ९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले तीन दशमलव ८२ प्रतिशतले गुमाएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:३६
Weather Update