फास्ट ट्रयाकको भौतिक प्रगति ६ वर्षमा २८ प्रतिशत मात्रैबुधबार, पुस ४, २०८०

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त बुधबार, पुस ४, २०८० सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशको नाम सुनुवाइ समितिबाट अनुमोदन बुधबार, पुस ४, २०८० समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम अनुमोदन गरेको हो ।

डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि अयोग्य घोषित बुधबार, पुस ४, २०८० अदालतले ह्वाइट हाउस दौडका लागि रिपब्लिकन पार्टीका प्रमुख दाबेदार ट्रम्पलाई राष्ट्रपति पदका लागि राज्यको प्राथमिक मतदानबाट हटाएको छ । यो अमेरिकाको इतिहासमा पहिलो पटक हो कि १४ औं संशोधन को धारा ३ अनुसार एक राष्ट्रपति उम्मेद्वार अयोग्य बनाउन को लागी प्रयोग गरिएको छ । ट्रम्पको विरुद्धमा फैसला गर्ने अदालतका सबै...

के हो चीनको जीडीआई परियोजना?, नेपालले यसरी लिन सक्छ फाइदा मंगलबार, पुस ३, २०८० जीडीआई विकास परियोजना हो । जसअन्तर्गत ५० परियोजनामा नेपालका दुई परियोजना परेका छन् । अमेरिकाको न्यूयोर्कमा २०७९ असोज ४ मा बसेको जीडीआईमा आबद्ध मुलुकहरूको बैठकपछि चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो । सुरुमा नेपालले ३५ वटा परियोजना प्रस्ताव गरेपनि चीनले एकल अङ्कमा झार्न भनेपछि नेपालले नौ वटा परियोजना पठाएको...

शेयर बिक्री प्रकरण : सर्वोच्चले माग्यो एनसेलसँग लिखित जवाफ मंगलबार, पुस ३, २०८० सर्वोच्च अदालतले एनसेलको शेयर खरिदबिक्री बारे एनसेल र नेपालका सरकारी निकायसँग लिखित जवाफ माग गरेको छ । सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले एनसेलको स्वामित्व बिक्री प्रकरणमा एनसेल आजियटा लिमिटेड, नेपालको दूरसञ्चार प्राधिकरणलगायतका निकायसँग लिखित जवाफ माग गरेको हो ।

एनसेल प्रकरणमा सरकार गम्भीर छ, दोषी पाइए कारबाही गर्न सरकार पछि हट्दैन : प्रधानमन्त्री मंगलबार, पुस ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री स्वभाविक नभएकोले सरकार यो प्रकरणमा गम्भीर रहेको बताएका छन् ।मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको जानकारी सञ्चारमाध्यममा चर्चामा आएसँगै त्यसलाई लिएर आफू गम्भीर रहेको बताए ।

घट्दै तापक्रम, काठमाडौंमा आज वर्षकै चिसो मंगलबार, पुस ३, २०८० चिसो बढेसँगै देशभरका विभिन्न ठाउँको तापक्रम घट्दै गइरहेको छ । काठमाडौं उपत्यकामा समेत चिसो बढेको छ । काठमाडौंको तापक्रम घट्दै गएको छ । आज बिहान पौने ९ बजे काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस थियो। यो यसवर्षको सबैभन्दा कम हो ।

नेपाली सेनाले बहुराष्ट्रिय सैन्य अभ्यास सञ्चालन गर्ने, २२ राष्ट्रका सेना सहभागि हुने सोमबार, पुस २, २०८० नेपाली सेनाले बहुराष्ट्रिय सैन्य अभ्यास ‘शान्ति प्रयास’ फागुनमा सञ्चालन गर्ने भएको छ । शान्ति स्थापनार्थ सहभागि हुने फौजको पेशागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता बढाउने उद्देश्यले आयोजना हुने विभिन्न राष्ट्रका सेना सहभागि हुने सो अभ्यास फागुन ८ गतेबाट सुरु हुने एक विज्ञप्तिमार्फत सेनाले जनाएको हो ।

प्रधानमन्त्री दाहालले एक्सन रुमबाट हेरे सडक निर्माण, भन्छन्– ‘सन्तुष्ट हुन सकिएन’ सोमबार, पुस २, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिन–पोखरा सडक निर्माणमा ढिला भएको भन्दै असन्तुष्टि जनाएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट सोमबार अपरान्ह निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका उनले काम ढिला र गुणस्तरको नभएको भन्दै असन्तुष्टि पोखे ।

समीक्षा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूबीच नै आरोप-प्रत्यारोप, कर्मचारीहरू ट्वाँ सोमबार, पुस २, २०८० बैठकमा सबै मन्त्रालयहरूको चालु आर्थिक वर्षको तीन महिनाको प्रगति रिपोर्ट प्रस्तुत भएको थियो । मन्त्रीहरूको रिपोर्टकार्ड कमजोर देखिएपछि प्रधानमन्त्री दाहाल कर्मचारीकै अगाडि मन्त्रीहरूमाथि खनिएका थिए । प्रधानमन्त्रीका सल्लाहकार र सत्तारुढ दलकै कतिपय नेता र सांसदहरुले समेत सरकारले जनताको अपेक्षाअनुरूप काम गर्न नसकेको आरोप लगाइरहेका बेला मन्त्रीहरूको त्रैमासिक रिपोर्ट कार्डले समेत...

डेढ दशकमा १२ हजार नेपाली आप्रवासी श्रमिकले ज्यान गुमाए, तीन हजार अङ्गभङ्ग सोमबार, पुस २, २०८० आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यहरूको अधिकारका विषयमा संयुक्त राष्ट्रसङ्घले महासन्धि पारित गरेको साढे तीन दशक बित्न लाग्दा पनि श्रमिकको आधारभूत श्रम अधिकारसमेत सुनिश्चित हुन सकेको छैन । श्रमिकको अधिकारका लागि ल्याइएका कतिपय दस्ताबेज कागजमा मात्रै सीमित हुँदा उनीहरूले आफ्ना आधारभूत हक अधिकार उपभोग गर्न पाएका छैनन् ।

नेपाल प्रहरीमा एसपी बन्न प्रतिस्पर्धीबीच रस्साकस्सी, ७ पदका लागि १२ डीएसपीको दौडधुप आइतबार, पुस १, २०८० नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक पद (एसपी)मा बढुवाका लागि १२ जनाको रस्साकस्सी चलेको छ । मंसिर ५ गते एसपीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा ५ जना बढुवा भएपछि प्रहरीमा ७ एसपीको दरबन्दी रिक्त छ । एसपी वसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई एसएसपीमा बढुवा...