चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइनेआइतबार, पुस १, २०८०

हुलाकी राजमार्ग निर्माणमा एसएसबीको अवरोध आइतबार, पुस १, २०८० भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सशस्त्र सीमा दल (एसएसबी) ले अवरोध पुर्याइरहेको बताएका छन् । राष्ट्रिय सभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आजको बैठकमा उनले कञ्चनपुर, बेलौरी पचुई क्षेत्रमा बाधा पुर्याएको पनि जानकारी दिए ।

‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटन सङ्कटमा आइतबार, पुस १, २०८० जलयात्रा पर्यटन व्यवसायीले त्रिशूली नदीमा ‘हाइड्रोपावर’ निर्माणले जलयात्रा पर्यटनमा असर पुग्न लागेकामा चिन्ता व्यक्त गरेका छन् ।गोरखाको गण्डकी गाउँपालिका–१ बट्टार र चितवनको इच्छाकामना–३ चुमखोलास्थित निर्माणाधीन एक सय मेगावाटको सुपर त्रिशूली हाइड्रोपावर आयोजनाले जलयात्रा पर्यटन सङ्कटमा पर्ने जनाउँदै चिन्ता व्यक्त गरेका हुन् ।
![सन्दर्भ पुस १ : निर्दलीय व्यवस्था घोषणा गर्दा के भनेका थिए महेन्द्रले [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/mahendra-1702786525.jpg)
सन्दर्भ पुस १ : निर्दलीय व्यवस्था घोषणा गर्दा के भनेका थिए महेन्द्रले [पूर्णपाठ] आइतबार, पुस १, २०८० नेपाली कांग्रेस, नेकपा एमाले लगायतले आजको दिनलाई कालो दिनका रुपमा स्मरण गर्दै आएका छन् । २०१७ पुस १ गते राजा महेन्द्रले तत्कालीन नेपाली कांग्रेसको बहुमतको पहिलो जननिर्वाचित सरकारमाथि कू गरि नेतालाई सेनाको बलमा बन्दी बनाएर निर्दलीय पञ्चायती शासन सुरुआत गरेका थिए ।

सहयोगको नाममा नेपाल भूराजनीतिको शिकार भएको हो? शनिबार, मंसिर ३०, २०८० चीन र भारतबीच चलिरहेको द्वन्द्वको भूराजनीतिकको चपेटामा नेपाल पर्न थालेको छ । हालै जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा सहयोग सामग्री हस्तान्तरण आएका दुई छिमेकी मुलुकको आपसी प्रतिस्पर्धामा नेपाल भूराजनीतिको शिकार हुन पुगेको हो ।जाजरकोट रामीडाँडा केन्द्रबिन्दु भई गत कार्तिक १७ गते गएको भूकम्पमा राहत बाँड्न नेपालका लागि भारतीय राजदूत...

ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी राईसहित १८ जनाविरुद्ध रेड कर्नर नोटिसको तयारी शनिबार, मंसिर ३०, २०८० जीबी ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालन पनि हुन् । सहकारीका बचतकर्ताले आफूहरूको करिब सवा अर्ब रकम हिनामिना गरेको भन्दै ठगीमा उजुरी दिएपछि फरार जीबी राई, महेन्द्र भोटेलगायतलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) बाट रेडकर्नर नोटिस जारी गर्ने तयारी भएको हो ।

आज राति अत्यधिक उल्कावर्षा हुँदै, के हेर्नलाई दूरबीन चाहिन्छ? बिहीबार, मंसिर २८, २०८० अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । यो उल्का वर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका ससाना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिँदै छ ।

थमन बिक हत्या प्रकरणमा एमाले सांसद लक्ष्मी महतो कोइरीले सफाइ पाए बिहीबार, मंसिर २८, २०८० जिल्ला अदालत महोत्तरीले बिहीबार सांसद कोइरीलाई सफाइ दिएको हो । आगलागी मुद्दामा पनि कोइरीलाई जिल्ला अदालतले सफाइ दिएको छ । कोइरीसँगै बिक हत्या प्रकरणमा मोहन कापरले पनि सफाइ पाएका छन् ।

धान जोनमा नै उत्पादन घट्यो, माटो परीक्षण गरिँदै बिहीबार, मंसिर २८, २०८० भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जिल्लामा रहेको धान जोनको माटो परीक्षण सुरु गरेको हो । मङ्गलबारदेखि माटो परीक्षणको काम सुरु गरिएको कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिए। उनका अनुसार जोनअन्तर्गत् आठ हजार ५४० हेक्टर जमिनमा धान खेती गरिएको थियो ।

इजरायलमा ज्यान गुमाएका विद्यार्थीका परिवारजन भन्छन्, ‘मन भुलाउनै गाह्रो भयो’ बिहीबार, मंसिर २८, २०८० ‘एउटा घटना जुन नहुनु थियो त्यो भयो । त्यसलाई बिर्सनका लागि निकै प्रयास गर्दा सकिरहेकी छैन,’ मञ्जुले भनिन्, ‘छोराछोरीको भविष्यको चिन्ताले सताउँछ । बुबा खै भनेर छोरीले सोध्दा जवाफ दिन सक्दिनँ ।’ आफ्नो क्षमताअनुसारको रोजगारी पाएको भए छोराछोरीको भविष्यका बारेमा हुने चिन्ता कम हुने उनी बताउँछिन् ।

सेताम्मे हिमाल किन कालो हुँदैछ ? मंगलबार, मंसिर २६, २०८० पृथ्वीको तापक्रम वृद्धि र धुवाँ धुलोका कारण हिमाल पग्लिरहेको उनको भनाइ छ । संरक्षणविद् गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नभए पनि जलवायु परिवर्तनको विश्वव्यापी असरबाट बच्न स्थानीय तवरबाटै योजना बनाउनुपर्ने धारणा राखे । ‘जलवायु परिवर्तनमा विकसित देशको मात्र दोष छ, नेपालको केही भूमिका छैन भनेर हामी चुप लागेर बस्नु हुँदैन,’...

पशुपतिमा आज बहुमूल्य नागमणि हेर्न पाइने, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख पनि देखाइने मंगलबार, मंसिर २६, २०८० पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मङ्गलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । मङ्गलबार बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो । पशुपतिनाथको पश्चिमढोका अघि यी बहुमूल्य सामग्री देखाइने...

भक्तपुरमा भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’ शनिबार, मंसिर २३, २०८० भक्तपुरमा पहिलोपटक साइबेरियन दुर्लभ पक्षी स्वेतमाथा कलहाँस अर्थात् ग्रेटर ह्वाइट फेन्टेट गुज भेटिएको छ । पक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौं उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा कलहाँस भेटिएको जानकारी दिए ।