News Griha :: न्यूजगृह
१६ वर्षपछि पुनः ‘सानो संसार’
१६ वर्षपछि पुनः ‘सानो संसार’ १६ वर्षअघि निर्माण भएको फिल्म ‘सानो संसार’ नयाँ कथामा दर्शकमाझ आउने भएको छ।अर्जुन कुमारको लगानी रहने फिल्मको शुक्रबार बिहान राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्त गरिएको छ।
सहकारी ठगी प्रकरणः कार्यदलको बैठक निष्कर्षविहीन, भोलि बस्ने 
सहकारी ठगी प्रकरणः कार्यदलको बैठक निष्कर्षविहीन, भोलि बस्ने  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्नका लागि बसेको कार्यदलको आजको बैठक पनि निष्कर्षविहीन  बनेको छ। आज कानुन मन्त्रालयमा लामो छलफल चले पनि निष्कर्ष निस्कन नसकेपछि शनिबारका लागि पुनः बैठक बोलाइएको हो। भोलिको बैठकमा जसरी पनि सहमति गर्ने गरी आफूहरु तयारीमा रहेको कार्यदलका सदस्य समेत रहेका एमाले...
५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह
५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले...
डोजर लगाएपछि बागलुङका ताल सुक्दै
डोजर लगाएपछि बागलुङका ताल सुक्दै संरक्षणका नाममा डोजर लगाउँदा बागलुङमा रहेका चार ताल सुक्दै गएका छन्।  स्थानीय तह स्थपानपछि गाउँ तथा नगरपालिकाले संरक्षणका लागि तालबीचमै डोजर लगाएपछि जैमिनी नगरपालिका–३ मा रहेको गाजाको दह (ताल), ढोरपाटन नगरपालिका–९ मा रहेको रुद्रताल, काठेखोला गाउँपालिका–४ मा रहेको खोर ताल र तमानखोला गाउँपालिका–२ मुठाचौरस्थित बराह ताल सुक्न थालेका हुन्। 
किसानलाई वरदान बन्यो झोलुङ्गे पुल
किसानलाई वरदान बन्यो झोलुङ्गे पुल पोखरा महानगरपालिका–२५ हेम्जाकी हरि पौडेल बुधबार साँझपख डोकोभरि तरकारी बोकेर याम्दी खोलाको झोलुङ्गे पुल तर्दै थिए।
पहिरोको जोखिममा चितवनको सराथोक, गाउँ छाड्दै स्थानीय
पहिरोको जोखिममा चितवनको सराथोक, गाउँ छाड्दै स्थानीय चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–४ सराथोकमा गाउँको छेउबाट पहिरो जान थालेपछि गाउँ जोखिममा परेको छ। पुरानो गुरुङ गाउँमध्येको एक सराथोकमा वर्षामा पहिरोको जोखिम बढ्ने भन्दै स्थानीय गाउँ छाड्न थालेका छन्।
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, कतिको छ जोखिम? 
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, कतिको छ जोखिम?  नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। कोरोनाको आशंकामा नमूना परीक्षण गर्दा नयाँ सब भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार उक्त भेरियन्टको नाम ‘केपी–१’ र ‘केपी–२’ रहेको छ। ‘काठमाडौंकै केही व्यक्तिहरुको स्वाब परीक्षण गर्दा नयाँ सब भेरियन्ट फेला परेको...
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि बैठक सञ्चालन हुन नसकेको हो।राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरुलाई आग्रह गरेका थिए। 
सहकारी पीडितले फेरि सुरु गरे सडक आन्दोलन 
सहकारी पीडितले फेरि सुरु गरे सडक आन्दोलन  सहकारीका पीडित बचकर्ताहरूले फेरि सडक आन्दोलन सुरु गरेका छन्। सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गरेका हुन्। देशभरका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै आइरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन शुक्रबार माइतीघर मण्डलामा आन्दोलन गरेको हो। 
सहकारी ठगी प्रकरणः कार्यदलमा किन जुट्न सकिरहेको छैन सहमति?
सहकारी ठगी प्रकरणः कार्यदलमा किन जुट्न सकिरहेको छैन सहमति? नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय छानबिन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी समिति बनाउने पक्षमा नरहेको बताएका छन्। शुक्रबार लामो समय सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री जोडिएको संस्थाको नाम राखेर सहमति गर्ने प्रयासमा कांग्रेस लचिलो भएको बताएपनि सहमहामन्त्री परियारले भने त्यसविपरित...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो, उडान प्रभावित 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो, उडान प्रभावित  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि उडान प्रभावित भएको छ। शुक्रबार मध्यान्न धावनमार्गमा खाल्डो देखिएपछि झण्डै एक घण्टा उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। उनका अनुसार विमानस्थलको धावनमार्गको कोटेश्वरतर्फको पीच उप्किएपछि खाल्डो परेको र मर्मतका लागि ४५ मिनेट उडान रोकिएको हो।  
नवलपरासीपूर्वमा आलु उत्पादनमा वृद्धि
नवलपरासीपूर्वमा आलु उत्पादनमा वृद्धि नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा आलुखेती गरिने क्षेत्र र उत्पादन बर्सेनि बढ्दै गएको छ। कृषि ज्ञान केन्द्रसँगै स्थानीय पालिकाले आलुखेती प्रवर्द्धनअन्तर्गत अनुदान कार्यक्रम सञ्चालन गर्न थालेपछि आलुखेतीतर्फ किसान आकर्षित भएका छन्।
Weather Update