यी चार प्रदेशमा बिहानैदेखि वर्षा, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना शनिबार, असार ८, २०८१

टी२० विश्वकप: दक्षिण अफ्रिकासँग हार्यो साविक विजेता इङ्ल्यान्ड शनिबार, असार ८, २०८१ आईसीसी टी२० विश्वकप क्रिकेटको शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई सात रनले पराजित गरेको छ ।

केजरीवालको रिहाई फेरि अनिश्चित शुक्रबार, असार ७, २०८१ भारतको दिल्ली उच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिएको जमानतमा लामो सुनुवाइपछि २/३ दिनका लागि आफ्नो निर्णय सुरक्षित राखेको छ ।

बूढानीलकण्ठस्थित रुद्रमती र चिहाने खोलाको दोभानमा मान्छेको खुट्टा भेटियो शुक्रबार, असार ७, २०८१ बूढानीलकण्ठ नगरपालिका–११ स्थित रुद्रमती खोला (धोबीखोला) र चिहाने खोलाको दोभानमा मान्छेको खुट्टा भेटिएको छ।

मन्त्रिपरिषद्वारा ८ देशका लागि राजदूत सिफारिस, भारतमा लोकदर्शन रेग्मी शुक्रबार, असार ७, २०८१ मन्त्रिपरिषद् बैठकले रिक्त रहेका राजदूत पदमा ८ जनालाई सिफारिस गरेको छ ।भारतका लागि पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् । त्यस्तै अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् ।

बजेट कार्यान्वयनका लागि योजना निर्माणमा जुट्यो अर्थ मन्त्रालय शुक्रबार, असार ७, २०८१ अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ। अर्थमन्त्री वर्षमान पुनले आज मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायतका उच्च अधिकारी बोलाएर कार्ययोजनाबारे प्रारम्भिक छलफल गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ।
-1714474494.jpg)
कम्मरमा लुकाएर कतारबाट सुन तस्करी, तीन जना पक्राउ शुक्रबार, असार ७, २०८१ कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। उनीहरुलाई काठमाडौंको सिनामङ्गलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्रीको पहल शुक्रबार, असार ७, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे उच्चस्तरीय छलफल गरेका छन्।

सेनाको जवाफी फायरिङमा पर्सा राष्ट्रिय निकुञ्जमा शिकारीको मृत्यु शुक्रबार, असार ७, २०८१ बारास्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकारीमा संलग्न एक व्यक्तिको मृत्यु भएको छ।त्यहाँ सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्ज प्रशासनका कर्मचारीसहित नियमित गस्तीमा रहेको टोलीमाथि पकडीवास ठूलोथलीमा शिकारीको समूहले फायर खोल्दा सेनाले जवाफी फायरिङ गरेको थियो।
-1718976906.jpg)
रास्वपालाई लिङ्देनको सुझाव- जनतालाई धोका नहोस् शुक्रबार, असार ७, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनताले आशा र विश्वासका साथ मत दिएका जनतालाई धोका दिने काम नगर्न आग्रह गरेका छन्।

११ महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा शुक्रबार, असार ७, २०८१ चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिना अवधिमा मुलुकले १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको आयात गर्दा एक खर्ब ३९ अर्ब...

संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन शुक्रबार, असार ७, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट पास नहुन्जेलसम्म संसद् बैठकमा अनिवार्य उपस्थित आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। आज दिउँसो संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्देशन दिएको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट निर्णयार्थ प्रस्तुत नहुँदासम्म नियमित...

मसाज सेन्टरमा नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने सञ्चालक पक्राउ शुक्रबार, असार ७, २०८१ प्रहरीले नाबालिकाहरुलाई ठमेलस्थित ए वान स्पा सेन्टरमा काम लगाउने बहानामा वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा सञ्चालकहरुलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गोरखा सिरानचोक घर भइ हाल टोखा बस्ने काल्भिन जेम्स भनिने रेशम गुरुङ र मकवानपुर बागमती गाउँपालिका घर भइ हाल सातदोबाटो बस्ने मखमली माया स्याङतान रहेका छन्।


-1717484658.jpg)






