छठको दोस्रो दिन आज ‘खरना’ बुधबार, कात्तिक २१, २०८१
मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव बुधबार, कात्तिक २१, २०८१ मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
दीपक मनाङेको सांसद पद के हुन्छ? मंगलबार, कात्तिक २०, २०८१ सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त हुने भएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोग ऐन २०७३ अनुसार उनले सांसद पद गुमाउने भएका हुन्।
दीपक मनाङेलाई पक्राउ गर्न सर्कुलर मंगलबार, कात्तिक २०, २०८१ पाटन अदालतले गुरुङलाई ५ वर्षको फैसला सुनाएको थियो। त्यसअघि जिल्ला अदालत काठमाडौंले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैदको फैसला सुनाएको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन गरेको थियो।
आमाको हत्या आरोपमा छोरा पक्राउ मंगलबार, कात्तिक २०, २०८१ प्रारम्भिक अनुसन्धानको क्रममा साइलीकाजीको हत्या भएको हुनसक्ने भन्दै तालिम प्राप्त कुकुरमार्फत स्निफिङ समेत गराइएको थियो। सो क्रममा साइलीकाजीको हत्या उनकै छोरा २८ वर्षका फुर्साङको संलग्नता रहेको सङ्केत पाएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मीनबहादुर घलेले बताए।
फिदिममा घर जल्दा एक गम्भीर घाइते मंगलबार, कात्तिक २०, २०८१ घरमा आगो सल्किएपछि जोगाउने प्रयास गर्दा राई गम्भीर घाइते भएका हुन्। राईको घरमा मङ्गलबार अपरान्ह ४ बजेतिर आगो सल्केको प्रहरीले जनाएको छ।
अमेरिकामा सुरु भयो मतदान मंगलबार, कात्तिक २०, २०८१ अहिले त्यहाँ बिहानको करिब ७ बजिसकेको छ। बिहानै चिसो भए पनि मतदान केन्द्र खुल्नुअघि नै स्थानीय मतदाता लाइनमा बसिसकेका थिए। स्थानीय समय बिहान ७ बजे सुरु भएको मतदान राति ८:३० बजेसम्म चल्ने बीबीसीले जनाएको छ।
साउदी अरबमा भीषण हिमपात मंगलबार, कात्तिक २०, २०८१ साउदी अरबका केही ठाउँमा भीषण वर्षा र हिमपात भएको छ। देशको अल–जौफ मरुभूमिमा भीषण हिमपात भएको छ। यो क्षेत्रको इतिहासमा पहिलो पटक हिमपात भएको हो। सुक्खा मौसमका लागि परिचित ठाउँमा हिमपात हुनुलाई अनौठो मानिएको छ। सामान्यतया उक्त क्षेत्रमा भीषण वर्षा र असिना परेपछि यो हिमपात भएको हो। यसलाई यो क्षेत्रको...
सर्वोच्चले भन्यो– विद्युत बक्यौता नतिर्ने उद्योगको अडान गलत मंगलबार, कात्तिक २०, २०८१ सर्वोच्च अदालतले पनि विद्युत बक्यौता तिर्न नमान्ने उद्योगका पक्षमा आदेश दिन अस्वीकार गरेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले डेडिकेटेड तथा ट्रङ्क लाइन वापतको बक्यौता विवादमा उद्योगीका पक्षमा आदेश दिन अस्वीकार गरेको हो।
प्रदेश सांसद दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर मंगलबार, कात्तिक २०, २०८१ यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई मङ्गलबार सर्वोच्चका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
भारतसँग १० हजार मेगावाट विद्युत व्यापारको बाटो खुल्यो मंगलबार, कात्तिक २०, २०८१ सर्वोच्च अदालतले भारतसँगको दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयनको बाटो खोलिदिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशद्वय सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको इजलासले पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको रिट खारेज गर्दै भारतसँगको सम्झौता कार्यान्वयनका लागि मार्गप्रशस्त गरिदिएको हो।
त्रिभुवन विश्वविद्यालयमा भोलि शोक बिदा मंगलबार, कात्तिक २०, २०८१ त्रिविले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष चैतन्य शर्माको कार्तिक १६ गते भएको निधनमा शोक बिदा दिएको हो।
कुवेतमा समातिए रेड नोटिस जारी भएका व्यक्ति मंगलबार, कात्तिक २०, २०८१ मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति पक्राउ परेका छन्।धनुषा जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका दिलीप राउतलाई इन्टरपोलको सहयोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ।