News Griha :: न्यूजगृह
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं— नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला ४ दिनयता सुन लगातार घटेको हो। 

पुस २ गते तोलामा १ लाख ५१ हजार ४०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य घट्दै शुक्रबार १ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ। 

बिहीबारको तुलनामा भने सुन तोलामा ५०० रुपैयाँ घटेको छ। बिहीबार १ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघले शुक्रबार चाँदी तोलामा १ हजार ७६० रुपैयाँ तोकेको छ। बिहीबार १ हजार ७८० रुपैयाँ थियो।  

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १२:१२
Weather Update