News Griha :: न्यूजगृह
स्थानीय तह उपनिर्वाचन: कुन-कुन पदका लागि कहाँ-कहाँ हुँदैछ निर्वाचन?
स्थानीय तह उपनिर्वाचन: कुन-कुन पदका लागि कहाँ-कहाँ हुँदैछ निर्वाचन? आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ। जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सुनसहित ३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सुनसहित ३ जना पक्राउ उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच)गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ केजी ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो।
अमेरिकी राष्ट्रपति निर्वाचनको मत गणना सुरु, ट्रम्पको अग्रता
अमेरिकी राष्ट्रपति निर्वाचनको मत गणना सुरु, ट्रम्पको अग्रता ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन्। राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो।
चिसो बढ्यो, काठमाडौंको तापक्रम १२.४ डिग्री सेल्सियस
चिसो बढ्यो, काठमाडौंको तापक्रम १२.४ डिग्री सेल्सियस मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस देखिएको हो।
छठ पर्वमा बागमती नदीमा धाप ड्यामको पानी छाडिने
छठ पर्वमा बागमती नदीमा धाप ड्यामको पानी छाडिने पछिल्ला केही वर्षयता काठमाडौंमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ। यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौं उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ। उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ।
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, कुनको मूल्य कति?
अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढ्यो, कुनको मूल्य कति? नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ। 
अब ‘केवाईसी’ भर्नु नपर्ने
अब ‘केवाईसी’ भर्नु नपर्ने अब बैंक तथा वित्तीय संस्थामै गएर ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु नपर्ने भएको छ। वित्तीय कारोबारका लागि खोलिएका बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, सहकारी, सेयर ब्रोकरलगायतले ग्राहकको अनुमतिमा ‘केवाईसी’सम्बन्धी विवरण अनलाइनबाटै प्राप्त गर्न सक्नेछन्।
राष्ट्रपति पौडेल आइतबार अजरबैजान जाने
राष्ट्रपति पौडेल आइतबार अजरबैजान जाने वाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप २९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार अजरबैजान जाने भएका छन्।
मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ
मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ उक्त सहकारी ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीसहित पत्रकार अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार–शेयर सदस्य राजु बराल, शेयर सदस्य बुद्धिसागर पौडेल थुनामै छन्।
छठको दोस्रो दिन आज ‘खरना’
छठको दोस्रो दिन आज ‘खरना’ लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन्। पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन्। 
मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव
मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
दीपक मनाङेको सांसद पद के हुन्छ?
दीपक मनाङेको सांसद पद के हुन्छ? सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त हुने भएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोग ऐन २०७३ अनुसार उनले सांसद पद गुमाउने भएका हुन्।
Weather Update