कर्णालीलाई हराउँदै जनकपुर एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने बिहीबार, पुस ४, २०८१

पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना बिहीबार, पुस ४, २०८१ पोखराबाट घान्द्रुक जाँदै गरेको जीप सडकबाट करिब ६०० मिटर तल खसेको छ । जिपमा सवार ७ जनामध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता बसन्त कुमार शर्माले जानकारी दिए ।

यूएईमा पाँच महिनामा १५० भन्दा बढी नेपाली कामदारको मृत्यु बिहीबार, पुस ४, २०८१ बितेको पाँच महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा डेढ सयभन्दा बढी नेपाली कामदारको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म)मा उनीहरूको मृत्यु भएको हो ।

रविको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्छौं: कास्की प्रहरी बिहीबार, पुस ४, २०८१ सभापति लामिछानेको तस्बिर सेयर भएपछि रास्वपाका नेताहरूले यसप्रति आपत्ति जनाएका थिए । गृहमन्त्री रमेश लेखकले पनि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरसँग फोटोबारे सोधखोज गरेका थिए । जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति पनि रवि नै भएको बताएका थिए ।

मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन बिहीबार, पुस ४, २०८१ इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको बिहीबार निरीक्षण गरेपछि उनले त्यस्तो निर्देशन दिएका हुन् । साथै उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

फाइनल पुग्न कर्णालीले जनकपुरलाई दियो ११९ रनको लक्ष्य बिहीबार, पुस ४, २०८१ चाडविक वाल्टनलाई १२औं औभरमा हर्ष थाकरले ११ रनमा क्याच गराए भने अर्को ओभरमा अर्जुन घर्तीलाई २ रनमा मयन यादवले रनआउट गरे। जससँगै कर्णालीले १३ ओभर चल्दै गर्दा ६ विकेट गुमाउँदा ७९ रन जोडेको थियो। त्यसपछि सोमपाल कामी ५ रनमा आउट भए। उनी १६औं ओभरमा शेर मल्लको बलमा मोहसिनबाट क्याच भए।

रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन बिहीबार, पुस ४, २०८१ गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

एसीसी महिला यू-१९ एसिया कप : वर्षा बाधक हुँदा नेपालले श्रीलंकासँग बाँड्यो अंक बिहीबार, पुस ४, २०८१ एसीसी महिला यू-१९ महिला एसिया कपअन्तर्गत सुपर-४ को खेलमा नेपाल र श्रीलंकाबीचको खेलमा वर्षा बाधक बनेको छ।जससँगै खेल रद्द भएको छ भने दुवै टोलीले एक एक अंक बाडेका छन्। जससँगै नेपाल सुपर-४ को अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ।

मन्त्रिपरिषद्को बैठक बस्दै बिहीबार, पुस ४, २०८१ मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

सुनचाँदीको भाउ घट्यो बिहीबार, पुस ४, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज बिहीबार १ हजार ७ सयले घटेर तोलाको १ लाख ४९ हजार रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार तोलामा १ लाख ५० हजारले कारोबार भएको थियो ।
-1734588377.jpg)
रवि लामिछानेको भाइरल तस्बिरः फोटो खिँचेर सार्वजनिक गर्ने डा. निकोलस, दोष कास्की प्रहरीलाई ! बिहीबार, पुस ४, २०८१ रास्वपा सभापति रवि लामिछानेका समर्थक डा. निकोलस भुसालले सामाजिक सञ्जालमा भाइरल भइरहेको रवि लामिछानेको फोटो आफूले खिचेको बताएका छन् । यसमा कुनै खराब नियत नभएको भन्दै उनले गल्ती महसुस गर्दै माफी मागेका छन् ।

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प बिहीबार, पुस ४, २०८१ मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो ।भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।भूकम्पले क्षति पुर्याएको जानकारी भने छैन ।
-1715943761.jpg)
पुस १० बाट विद्युत् उत्पादनको तयारीमा तामाकोशी बिहीबार, पुस ४, २०८१ असोज १२ गतेको पहिराले क्षति गरेको स्वदेशी लगानीको देशकै ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको मर्मतको काम तीव्र पारिएको छ । पुस १० गतेको समयसीमा राखेर विद्युत् केन्द्रबाट उत्पादन थाल्ने गरी तयारी सुरु गरिएको छ ।