News Griha :: न्यूजगृह
सुनकोशीमा बेपत्ता सीटीईभीटी कर्मचारीको शव फेला
सुनकोशीमा बेपत्ता सीटीईभीटी कर्मचारीको शव फेला शनिबार बिहान यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। योजना महाशाखा निर्देशक भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर टाढा उदयपुरको ताप्ली गाउँपालिका- ५ स्थित सुनकोशी नदी किनारमा फेला परेको हो।
नाम्चे बजारमा १२ वर्षयताकै उच्च तापमान, १३ डिग्री सेल्सियस पुग्यो 
नाम्चे बजारमा १२ वर्षयताकै उच्च तापमान, १३ डिग्री सेल्सियस पुग्यो  समुद्री सतहबाट ३ हजार ४ सय मिटरको उचाइमा रहेको नाम्चे बजारमा शनिबारको तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो ।
सबै दलको सहमति भए कांग्रेसले प्रत्यक्ष निर्वाचन प्रणाली स्वीकार्छ : सभापति देउवा 
सबै दलको सहमति भए कांग्रेसले प्रत्यक्ष निर्वाचन प्रणाली स्वीकार्छ : सभापति देउवा  नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरूमा सहमति हुने अवस्था आए कांग्रेसले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने व्यवस्थालाई स्वीकार गर्ने स्पष्ट पारेका छन् । नेता शेखर कोइरालाले प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने धारणा देउवा समक्ष राखेका थिए । 
वरिष्ठ गीतकार खरेललाई प्रेमध्व प्रधान स्मृति राष्ट्रिय संगीत सम्मान
वरिष्ठ गीतकार खरेललाई प्रेमध्व प्रधान स्मृति राष्ट्रिय संगीत सम्मान गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले उनको ८७औँ जन्मजयन्तिको अवसर पारेर शनिबार गीतकार खरेलसहित तीनजना श्रष्टालाई सम्मान गरेको हो । 
एकताबद्ध भएर अघि बढ्न नेता–कार्यकर्तालाई सभापति देउवाको निर्देशन
एकताबद्ध भएर अघि बढ्न नेता–कार्यकर्तालाई सभापति देउवाको निर्देशन नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् ।
गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै
गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् ।
स्थानीयको अवरोधले अस्पतालमा खानेपानी अभाव
स्थानीयको अवरोधले अस्पतालमा खानेपानी अभाव जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव भएको छ । जिल्ला अस्पतालमा ल्याइएको खानेपानीको मुहानमा स्थानीयले अवरोध गर्दा खानेपानीको अभाव भएको हो । 
हेटौँडामा वृद्ध दम्पती मृत फेला
हेटौँडामा वृद्ध दम्पती मृत फेला मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् ।
महाकाली किनारमा शव फेला
महाकाली किनारमा शव फेला शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरुषको शव फेला परेको  हो ।
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ : उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल 
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छ : उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल  भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालले नेपालले भारतीय पर्यटक आकर्षित गर्ने नयाँ योजना तथा कार्यक्रम बनाउनुपर्ने सुझाव दिएका छन् ।
रास्वपामाथि अन्य दलहरूले घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने
रास्वपामाथि अन्य दलहरूले घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने ‘नेपाली जनताले देखाएको बाटो सहज छ । तर, सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ । तर, हामी डराउँदैनौँ,’ उनले भने ।
आलु, प्याज र फलफूलमा भ्याट लगाउनु अत्यन्त गम्भीर : शेखर कोइराला 
आलु, प्याज र फलफूलमा भ्याट लगाउनु अत्यन्त गम्भीर : शेखर कोइराला  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आलु, प्याज र नेपालमा उत्पादित फलफूमाथि लगाएको भ्याट गम्भीर भएको बताएका छन् । 
Weather Update