News Griha :: न्यूजगृह
एकताबद्ध भएर अघि बढ्न नेता–कार्यकर्तालाई सभापति देउवाको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं— नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् ।

सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेकोसमेत बताए ।

शनिबार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकिर गरे । ‘प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ, त्यतिनै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ,’ उनले भने, ‘त्यसपछि मात्रै नेपालमा फेरि प्रजातन्त्रमा संकट आउँदैन । प्रजातन्त्र स्थायी भएर जान्छ ।’

सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण गराए । उनले भने, ‘गठबन्धनको सरकार भएको कारणले पनि हो, त्यसले गर्दाखेरि आज हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ ।’

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १४:०३
Weather Update