News Griha :: न्यूजगृह
हेटौँडामा वृद्ध दम्पती मृत फेला
प्रतीकात्मक तस्बिर ।

मकवानपुर— मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१  चाइना गेटका ७८ वर्षीय  कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक  टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १३:१४
Weather Update