हिउँद लागेसँगै आगलागीका घटना बढे मंगलबार, मंसिर ११, २०८१

रिहा भए कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी सोमबार, मंसिर १०, २०८१ मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन्। सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार मुद्दा नचलाउने निर्णय गरेलगत्तै अधिकारी रिहा भएका हुन्। पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उनलाई मुद्दा नलगाउने निर्णय सरकारी वकिलको कार्यालयले गरेको छ।

परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत सोमबार, मंसिर १०, २०८१ परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही सोमबार, मंसिर १०, २०८१ तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी सञ्चालित छन्। मिडियाअन्तर्गत दर्ता/सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरेको छ।

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त सोमबार, मंसिर १०, २०८१ नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

रविलाई भोलि काठमाडौं ल्याइने सोमबार, मंसिर १०, २०८१ सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौं ल्याउन लागिएको हो।रविको सचिवालयका अनुसार उनलाई काठमाडौं ल्याउन बुद्ध एअरको भोलि बिहान साढे आठ बजेको टिकट बुकिङ समेत गरिएको छ।

हनी ट्र्याप घटनामा इन्स्पेक्टरसहित ६ जनाविरुद्ध मुद्दा सोमबार, मंसिर १०, २०८१ हनी ट्र्यापमा पारी आपराधिक लाभ लिएको घटनामा निलम्बित प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ। आइतबार सरकारी वकिलको कार्यालय ललितपुरले जिल्ला अदालत ललितपुरमा इन्स्पेक्टर बिनुकुमारी शाहीसहित ६ जनाविरूद्ध मुद्दा दायर गरेको हो।
-1730012196.jpg)
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री सोमबार, मंसिर १०, २०८१ आसन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्रमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गरे।

उपनिर्वाचनः यस्तो छ सुरक्षा योजना सोमबार, मंसिर १०, २०८१ मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा ७ हजार २ सय प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ। गृहमन्त्री रमेश लेखक नेतृत्वको केन्द्रीय सुरक्षा समितिले अति संवेदनशील मतदानस्थलमा १६ जना प्रहरी परिचालन गर्नेगरी निर्वाचन सुरक्षा योजना पारित गरेको छ।
-1732535239.jpg)
चौधरी ग्रुपको मूल गेटमा लाग्यो ताला सोमबार, मंसिर १०, २०८१ उद्योगबाट निस्कने प्रदूषण नियन्त्रणमा बेवास्ता गरेको, उद्योगको धुलो र प्रदूषणले आजित भएका स्थानीयले सोमबार उद्योगको मूल गेटमा नै तालाबन्दी गरेका हुन्।
-1732534558.jpg)
दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालले अफगानिस्तानलाई १०८ रनले हरायो सोमबार, मंसिर १०, २०८१ दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। यसअघि खेलेका दुई खेलमा पराजित नेपालले अफगानिस्तानलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

कोशीका पूर्वमन्त्री लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने सोमबार, मंसिर १०, २०८१ मुद्दा चलाउनलाई पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको जिल्ला न्यायाधिवक्ता सिताराम रिजालले बताए। बाँकी ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएको उनले बताए।

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गर्ने सोमबार, मंसिर १०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।सोमबार साँझ ५ बजे सिंहदरवारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।