News Griha :: न्यूजगृह
मौसम अनुकूल नहुँदा रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ
मौसम अनुकूल नहुँदा रवि लामिछानेलाई काठमाडौं ल्याउन ढिलाइ उनलाई बुद्ध एअरको जहाजमार्फत् ८:४० बजे काठमाडौं ल्याउने तयारी गरेको भए पनि बाक्लो हुस्सु–तुवाँलो लागेर भिजिबिलिटी नपुगेकाले उडान अवरूद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जशोधा रेग्मीले जानकारी दिइन्।
काठमाडौंका यी स्थानमा आज ४ घण्टा बिजुली काटिने
काठमाडौंका यी स्थानमा आज ४ घण्टा बिजुली काटिने प्राधिकरणले सूचना प्रकाशन गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको छ।
पाकिस्तानमा इमरान समर्थकको विरोध चर्किएपछि सेना परिचालन
पाकिस्तानमा इमरान समर्थकको विरोध चर्किएपछि सेना परिचालन पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ। भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामावादमा विशाल प्रदर्शन गरेका छन्।
पुनः सञ्चालनमा आयो राहदानी सेवा
पुनः सञ्चालनमा आयो राहदानी सेवा सेवा लिन चाहनेले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको, अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाएको बताइएको छ।
सर्वोच्चमा ४ र उच्चमा १८ न्यायाधीश पद रिक्त, न्याय सेवा प्रभावित
सर्वोच्चमा ४ र उच्चमा १८ न्यायाधीश पद रिक्त, न्याय सेवा प्रभावित गत असोजको तेस्रो साता प्रधानन्यायाधीश बनेका प्रकाशमान सिंह राउतले न्यायालयलाई चुस्त दुरुस्त राख्न रिक्त सबै पदमा तदारुकताका साथ नियुक्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। राउत प्रधानन्यायाधीश बनेयता परिषद्को बैठक पटक–पटक बसेको छ, तर न्यायाधीश भने नियुक्ति हुन सकेको छैन।
दुर्गा प्रसाईँ हिरासत फिर्ता
दुर्गा प्रसाईँ हिरासत फिर्ता अदालतको आदेश अनुसार प्रहरीले उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो। उपचारपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता गरिएको साइबर ब्युरोका एकजना अधिकृतले बताए।
इजरायल-हिजबुल्लाह युद्धविरामनजिक
इजरायल-हिजबुल्लाह युद्धविरामनजिक अमेरिकी र इजरायली अधिकारीहरूका अनुसार इजरायल र हिजबुल्लाहबीच छिटै नै युद्धविरामको सम्झौता हुन लागेको छ। यसै विषयमा छलफल र निर्णय गर्नका लागि मंगलबार नै इजरायली क्याबिनेट बैठकसमेत बोलाइएको छ। 
रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै
रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीसँग सम्बन्धित रहेर थप बयानका लागि लामिछानेलाई पोखराबाट आज काठमाडौं ल्याउन लागिएको हो।
आज वर्षको पहिलो एकादशी
आज वर्षको पहिलो एकादशी एकादशीको व्रत सुरु गर्नेहरूले यसै दिनलाई आधार मान्ने गर्छन्। एकादशी मार्गशीर्ष कृष्ण पक्षमा सुरु भएर कार्तिक शुक्ल पक्षमा समाप्त हुने बताइन्छ। एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा र कृष्ण पक्षमा। यो हिसाबले वर्षमा २४ वटा एकादशी हुन्छन्।
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या बढ्यो
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या बढ्यो विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको संख्या ७० प्रतिशतले बढेको छ। चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको संख्या ७० प्रतिशतले बढेको हो। 
अपहरणमा संलग्न दुई जना पक्राउ
अपहरणमा संलग्न दुई जना पक्राउ कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई रु ५० हजार फिरौती रकमसहित पक्राउ गरेको हो।
Weather Update