छोराले गरे बुबाको हत्या सोमबार, मंसिर १०, २०८१

बालेनले हुलाक र इमेलबाट पठाए एमालेलाई जरिवानाको सूचना सोमबार, मंसिर १०, २०८१ एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै महानगरले एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो। तर एमालेले भने काठमाडौं महानगरका मेयर बालेन शाहले एमालेमाथि राजनीतिक स्टन्ट गरेको प्रस्टीकरण दिँदै आएको छ ।

बीआरआईमा ऋण होइन, अनुदान लिने हो : देउवा सोमबार, मंसिर १०, २०८१ ‘बीआरआई परियोजनामा हामी प्रस्ट छौँ। ऋण होइन अनुदान लिनुपर्छ,’ जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस सभापति देउवाले भने, ‘बीआरआई परियोजनामा छलफल जारी छ। छिट्टै एउटा निष्कर्षमा पुगिन्छ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए।

चीन भ्रमणबारे छलफलमा जुटे प्रधानमन्त्री सोमबार, मंसिर १०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरू र पूर्वपरराष्ट्र मन्त्रीहरूसँग सुझाव माग गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार छलफल आयोजना गर्दै प्रधानमन्त्री ओलीले सुझाव माग गरेका हुन्।
-1732519597.jpg)
कपिलवस्तुमा बाघको छालासहित एक जना पक्राउ सोमबार, मंसिर १०, २०८१ करुणा रेष्टुरेन्ट एण्ड लज बाहिरी आइतबार साँझ शङ्कास्पद अवस्थामा उभिएका भट्टराईलाई खानतलासी गर्दा सेतो प्लाष्टिकको बोरामा पाटे बाघको छाला भेटिएको प्रहरीले जनाएको छ।

चीन भ्रमणबारे भट्टराईले दिए प्रधानमन्त्री ओलीलाई तीन सुझाव सोमबार, मंसिर १०, २०८१ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आसन्न चीन भ्रमणबारे तीन सुझाव दिएका छन्।प्रधानमन्त्री ओलीले सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँग चीन भ्रमणबारे केन्द्रित रहेर छलफल गर्दैछन्। प्रधानमन्त्री ओली मङ्सिर १७ गते चीन भ्रमणमा जाने कार्यक्रम छ।

परराष्ट्र मन्त्री राणा जापान जाने कार्यक्रम स्थगित सोमबार, मंसिर १०, २०८१ स्वास्थ्य उपचारका लागि परराष्ट्र मन्त्री राणा जापान जाने पूर्वनिर्धारित कार्यक्रम रहे पनि चिकित्सकहरूको समय नमिलेका कारण स्थगित भएको परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए।

सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो सोमबार, मंसिर १०, २०८१ नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो।
-1732510518.jpg)
स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना पक्राउ सोमबार, मंसिर १०, २०८१ काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बाप्र ०३–००१ ज ०७६५ नम्बरको यात्रुवाहक माइक्रो बसलाई हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलस्थित चेक प्वाइन्टका प्रहरीले रोकेर चेक गरेको थियो।

एनपीएलको ट्रफीमा सगरमाथा आधार शिविरको ढुंगा सोमबार, मंसिर १०, २०८१ अनावरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित ८ टिमका मार्की खेलाडी सहभागी थिए। ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एनपीएलले नेपालको पर्यटनमा पनि सहयोग पुर्याउने बताए।

...अनि माधव नेपालले नेपाली र बङ्गाली गीत गाए सोमबार, मंसिर १०, २०८१ माधव नेपालले हिमालय टेलिभिजनको यक्षप्रश्न कार्यक्रममा नेपालीसहित बङ्गाली भाषामा गीत गाउनसम्म भ्याए। उनले त्यो अन्तर्वार्तामा राजालाई चुनौती दिएको दाबी मात्र गरेनन्, केपी शर्मा ओलीले आफूलाई हराउन १० करोड खर्च गरेकोसम्म आरोप लगाए।

नौकिलो ट्रक दुर्घटना अपडेट: ३ जनाको मृत्यु सोमबार, मंसिर १०, २०८१ नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना-६ स्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

आसन्न चीन भ्रमणबारे आज सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री सोमबार, मंसिर १०, २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन्।प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेका हुन्।