News Griha :: न्यूजगृह
...अनि माधव नेपालले नेपाली र बङ्गाली गीत गाए
फाइल तस्बिर।

काठमाडौं — पार्टी फुटको अवस्था आएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अहिले अन्तर्वार्तादिन भ्याइनभ्याइ छ। उनी एकपछि अर्को सञ्चारमाध्यममा अन्तर्वार्तादिइरहेका छन्। 

माधव नेपालले हिमालय टेलिभिजनको यक्षप्रश्न कार्यक्रममा नेपालीसहित बङ्गाली भाषामा गीत गाउनसम्म भ्याए। उनले त्यो अन्तर्वार्तामा राजालाई चुनौती दिएको दाबी मात्र गरेनन्, केपी शर्मा ओलीले आफूलाई हराउन  १० करोड खर्च गरेकोसम्म आरोप लगाए। 

सत्यता कति हो भन्ने कुरा प्रधानमन्त्री ओलीदेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मले देलान्। उनले तत्कालीन राजासँग प्रधानमन्त्रीमा दाबी पेस गरेको दाम नचढाएको ठोकुवा गरे। ‘मैले तत्कालीन राजाको निगाह मागेको होइन,’ उनले भने, ‘हक माग्नु चाकरी होइन।’  कुनै एक प्रसङ्गमा उनले राजासँग २० मिनेटको चुनौती दिएर हिँडेको र पछि ज्ञानेन्द्रले ‘आफूले गल्ती गरेँ’ भनेर फोन गरेको दाबी गरे।

अध्यक्ष नेपालले रौतहटबाट आफूलाई  हराउन एमाले अध्यक्ष केपी ओलीले १० करोड दिएर पठाएको समेत दाबी गरे। उनले सप्तरी जिल्लाको एक नेतालाई दुई महिनासम्म होटलमा राखेर आफूलाई हराउन लागि परेको तर विजयी भएको ठोकुवा गरे। 

उनले नेपालीमा गाएको गीत

जिन्दगी हो हार जित भइरहन्छ
बाधा पन्छाउँदै नदी बगिरहन्छ।
हार भयो भनेर दिक्क नमान 
हार पछि जित हुन्छ, हुन्छ बिहान।। 

उनले बङ्गालीमा गाएको गीत

एक्ला चलो, एक्ला चलो, एक्ला चलो  रे
जब तुने डाक सुनेना कोही।
तो बे एक्ला चलो, एक्ला चलो, एक्ला चलो।।

​उनले आफू एक्लो भएको महसुस हुँदै गरेको स्वीकारे पनि कहिल्यै नआत्तिने ठोकुवा गरे। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  ०९:५९
Weather Update